
नेपालगन्ज, १३ मंसिर–बाँकेको नेपालगन्जस्थित महेन्द्र नमुना उच्च माविका प्रधानाध्यापक दिलीपकुमार शाहलाई एक विद्यार्थीले छुरा हानेर घाइते बनाएका छन् ।
सोही विद्यालयमा अध्ययनरत रोशन परियारले शाहमाथि छुरा प्रहार गरेको वडा प्रहरी कार्यालयले जनाएको छ । छुरा प्रहारबाट घाइते प्रधानाध्यापक शाहको स्थानीय नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
छुरा हानेर फरार परियारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
विद्यालयमा होहल्ला र उच्छृङ्खल क्रियाकलाप गर्न थालेपछि प्रधानाध्यापक शाहले सम्झाउने प्रयास गर्दा उनीमाथि छुरा प्रहार भएको थियो ।