जनअधिकार फेरि सामन्तको हातमाः सापकोटा

काठमाण्डु टुडे २०७० मंसिर १३ गते ४:१९ मा प्रकाशित

Agniसिन्धुपाल्चोक, १३ मंसिर– एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आउन लागेको जनताको अधिकार पुनः सामन्तवादको हातमा पुगेको ठोकुवा गरेको छ ।

देशैभरी आफ्नो पार्टीका उम्मेदवार हराउन देशी–विदेशी शक्ति लागिपरेको दोहोर्‍याउँदै भयानक पराजयले माहान विजयको ढोका खुल्ने उनले दावी गरे ।

सिन्धुपाल्चोक–२ बाट संविधानसभा सदस्यमा निर्वाचित नेता सापकोटाले मतगणना सम्पन्न भएको एक सातापछि विजयी जुलुसमा सहभागी हुँदै षडयन्त्रबीच पनि आफू विजयी भएकोमा मतदाताप्रति आभार प्रकट गर्दै जनताको मतको सम्मान गर्ने बताए ।

सम्पन्न संविधानसभाको निर्वाचनमा वागमती अञ्चलबाट एक मात्र विजयी सापकोटाले मतदाता शिक्षामा आफ्नो पार्टीले ध्यान दिन नसकेको स्वीकार्दै मतदाता संकलनमा समेत कमजोरी भएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us