कोइरालालाई जापानी र चिनियाँ राजदूतले भेटे

काठमाण्डु टुडे २०७० मंसिर १३ गते ९:१७ मा प्रकाशित

Sushil And Ogawaकाठमाण्डु, १३ मंसिर–नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले विहीबार बिहान भेटवार्ता गरेका छन् ।

कोइराला निवास महाराजगन्जमा भएको भेटमा राजदूत ओगावाले संविधानसभा निर्वाचनमा नेपाली काँग्रेस ठूलो पार्टी बन्न सफल भएकोमा बधाई दिएका थिए ।

भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसी हितबारे कुराकानी भएको थियो । भेटमा सभापति कोइरालाले मुलुकको वर्तमान परिस्थिति र सहमतीय सरकार गठनका लागि भइरहेको प्रयासका बारेमा राजदूत ओगावालाई जानकारी गराएको कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले जानकारी दिए ।

चिनियाँ राजदूतसँग पनि भेट
त्यस्तै सभापति कोइरालासँग नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले पनि विहिबार बिहान भेटवार्ता गरेका छन् ।

कोइराला निवास महाराजगन्जमा भएको सो भेटमा राजदूत चुन्ताईले संविधानसभा निर्वाचनमा सभापति कोइराला विजय हुनु भएकामा तथा काँग्रेस ठूलो पार्टी बन्न सफल भएकामा बधाई ज्ञापन गरेका थिए ।

भेटमा कोइरालाले मुलुकको वर्तमान परिस्थिति र सहमतीय सरकार गठनका लागि भइरहेको प्रयासका बारेमा राजदूत चुन्ताईलाई जानकारी गराउनुभएको कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले जानकारी दिए । दुई देशबीचको सम्बन्ध र आपसी हितका अन्य पक्ष र विषयका बारेमा समेत उनीबीच विचारविमर्श भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us