राष्ट्रपति फेर्न जरुरी छैनः बिजुक्छे

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १०:०५ मा प्रकाशित

narayan man bijukchheभक्तपुर, १३ मंसिर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधानसभा निर्वाचन सम्पन्न भएपछि राष्ट्रपतिको निर्वाचन आवश्यक नभएको जिकिर गरेका छन् ।

उनले संविधान निर्माण नभएसम्म राष्ट्रपतिमा डा. रामवरण यादवलाई नै कायम गनुपर्ने बताएका हुन् । एमालेले राष्ट्रपति परिवर्तन गर्ने कुरा उठाइरहेको समयमा विजुक्छेको सो धारणा आएको हो ।

रफत सञ्चार क्लब भक्तपुरले गरेको साक्षात्कार कार्यक्रममा राष्ट्रपतिका बारेमा विवाद निकाल्नुपर्ने आवश्यकता नरहेको औँल्याउँदै विजुक्छेले नयाँ बन्ने संविधानले नै आगामी राष्ट्रपतिका बारेमा निर्णय गर्ने बताए ।

उनले भने, ‘इमान्दारीपूर्वक सिद्धान्त र घोषणापत्रका आधारमा ठूला दलले काम गर्न नसके संविधान बन्न सक्दैन, संविधान बनाउन काँग्रेस, एमालेलगायत दलहरु केन्द्रित हुनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us