एसएलसीको रुटिनसँगै परीक्षा नियन्त्रकमा आए द्वारे

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १०:१५ मा प्रकाशित

exam controller office sanothimiकाठामाण्डु, १४ मंसिर– शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रक कार्यालय, सानोठिमीको नियन्त्रकमा सहसचिव विष्णुबहादुर द्वारेलाई नियुक्त गरेको छ । यसअघिका नियन्त्रक खगराज बराल शिक्षा मन्त्रालयमा सरुवा भएका छन् ।

बिहीबार बसेको परीक्षा नियन्त्रण बोर्डको बैठकले यस वर्षको प्रवेशिका परीक्षाका आगामी चैत ६ गतेदेखि हुने निर्णय गरेपछि नयाँ नियन्त्रक नियुक्त भएका हुन् । द्वारे यसअघि पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक थिए । रिक्त निर्देशकमा नयाँ नियुक्ति भएको छैन ।

शिक्षा मन्त्रीस्तरीय निर्णयअनुसार भएको यो सरुवालाई नियमित प्रक्रियाका रुपमा लिइएको छ । सामान्यतः एक जना नियन्त्रकले एक वर्षको परीक्षाको कार्य सम्पादन गराउने र त्यसपछि सरुवा गर्ने प्रचलन छ । निवर्तमान नियन्त्रक बरालले यस सरुवालाई आफूले नियमित र सामान्य प्रक्रियाका रुपमा लिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us