हतियार बुझाइसकेका भगत सिंह पक्राउ

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १३:४४ मा प्रकाशित

Bhagat_Singh_nepalनेपालगञ्ज, १४ मंसिर– शान्ति वार्तामा आएर हतियार बुझाइसकेको भूमिगत समूहका नेता भगत सिंहलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल–भारत सीमा जमुनाह नाकछेउ दशगजाबाट पक्राउ गरेको हो ।

हतियार बुझाएपनि उनीमाथिको मुद्धा फिर्ता नभएका कारण शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको बताएको छ । सिंहका परिवारले भने शान्ति प्रक्रियामा आइसकेपछि पक्राउ गरेकोमा आपत्ति जनाउँदै जीवन रक्षाका लागि मानअधिकारकर्मीसँग अनुरोध गरेका छन् । उनी भारतीय सीमावर्ती बजार रुपडियामा बस्दै आएका थिए ।

सिंहलाई मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएका विशेष टोलीले पक्राउ गरेको भए पनि प्रहरीले आधिकारिक र औपचारिक पुष्टि भने गरेको छैन । निर्वाचनअघि सो समूहले फोरम लोकतान्त्रिकसँग एकता गर्ने सहमति जनाएका थिए ।

निर्वाचन अघि नै सिंहका समूहले शान्ति वार्तामार्फत हतियार बुझाएर संविधानसभाको निर्वाचनमा आउने इच्छा देखाएको थियो । समूहले आफ्ना नेता तथा कार्यकर्तामाथिको मुद्धा फिर्ता लिएर निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गर्दै जिल्ला प्रशासन अगाडि धर्ना समेत दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us