काँग्रेसका आठ जना स्पष्टीकरणमा १५ जना कार्वाहीमा,६ नाबालकको उद्धार

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १६:४९ मा प्रकाशित

रौतहट, १३ मङ्सिर-नेपाली काँग्रेस पार्टी रौतहटका क्षेत्र न १ का सभासद्का उम्मेदवार सन्तलाल साहलाई पार्टीकै कार्यकर्ताले अन्तर्घात गरी हराएको आरोप लगाउँदै उम्मेदवार साहले क्षत्रीय कार्यालयमा उजुरी दिएपछि क्षेत्रीय पार्टी कार्यालयले आठ जना कार्यकर्तासँग स्पष्टीकरण माग गरेको छ ।
क्षेत्रीय अध्यक्ष श्रीराम राय यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त स्पष्टीकरण माग गरेको उल्लेख गरिएको छ । यसैगरी क्षेत्र न ३ का १५ जना कार्यकर्तालाई साधारण सदस्यलगायतको पदबाट मुक्त गरेको क्षेत्रीय अध्यक्ष कैलास प्रसादद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
६ नाबालकको उद्धार
रौतहटको जिगडिया निवासी महम्मद विकाउले ६ जना नाबालकलाई भारतको मुम्बई लगिरहेको अवस्थामा प्रहरीले उद्धार गरेका छन् ।
जिगडिया–८ निवासी असद आलम, करसेद आलम, महम्मद रजाम, इसाक आलमलगायत ६ नाबालकलाई प्रहरीले उद्धार गरेको हो । गौर भन्सार हँुदै भारततर्फ गइरहेको अवस्थामा महिला दबाब समूहद्वारा सोधपुद्ध गरेपछि ती नाबालकलाई उद्धार गरिएको भन्सार प्रहरी कार्यालय गौरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us