शल्य चिकित्सा सम्मेलनमा नेपाली कार्यपत्र

काठमाण्डु टुडे २०७० मंसिर १४ गते ३:२६ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर–काठमाण्डुमा जारी सार्क क्षेत्रका शल्य चिकित्सकहरुको सम्मेलनमा शुक्रबार बिभिन्न बैज्ञानिक कार्यपत्रहरुमाथि छलफल भैरहेको छ । नेपालका तर्फबाट डा. उपेन्द्र देवकोटाले ब्रेन डेथका बारेमा र डा. सुनिल शर्माले पेङ्क्रियाजका बारेमा कार्यपत्र प्रस्तुत भएको नेपाल शल्य चिकित्सक समाजका महासचिव प्रा.डा. रामेश्वर पोख्रेलले जानकारी दिए ।

सार्क क्षेत्रमा शल्य चिकित्सकको विकासकालागि क्षेत्रिय सहयोग आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । शल्य चिकित्सा सम्वन्धि शिक्षा, आचार संहिता र यस क्षेत्रमा भएका नविनतम ज्ञान र प्रविधिबारे जानकारी आदान प्रदान हुने छ ।

सम्मेलनमा नेपाल सहित सार्क मुलुक तथा इङ्ग्ल्याण्डका ख्यातीप्राप्त शल्य चिकित्सक सहित ३ सय जनाले भाग लिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us