गोरखा र चितवनमा भैंसी आतंक

काठमाण्डु टुडे २०७० मंसिर १३ गते २:१२ मा प्रकाशित

गोरखा, १३ मंसिर–रोगी भैंसीको मासु खाँदा गोरखा र चितवनका गाउँले आतङ्कित भएका छन् । चितवनको दारेचोक–७ स्थित कुरिनघाटमा रहेको साही सप्लायर्सले यही मंसिर ३ गते रेबिज रोग लागेको शंका गरिएको भैंसी काटेर मासु बेचबिखन गरेको भन्दै मासु प्रयोग गर्ने आम जनसमुदायमा त्रास फैलिएको हो ।

दारेचोबाट गोरखाका ताक्लुङ, मकैसिङ, भुम्लिचोक, मनकामना र चितवनको दारेचोकका लागि मासु वितरण हुने गर्दछ । केही दिनदेखि भैंसी बिरामी भएपछि पशु चिकित्सकले रेबिजको शंका लागि भैंसी नबेचिकन १० दिनसम्म राख्न र १० दिनपछि पनि मरेन भने बल्ल उपचार गर्न सल्लाह दिएको भोलिपल्टै गोर्खाको राइनसबाट एक तिवारी थरका व्यक्तिबाट साही सप्लायर्सका सञ्चालक सानुभाइ साहीले जम्मा १६ हजारमा भैंसी खरिद गरी मासु बिक्री गरेका थिए ।

सोही भैंसीको मासु प्रयोग गर्ने ३०० जनाभन्दा बढीले रेबिजविरुद्धको सुई लगाइसकेका छन् भने कतिपय सुई लगाउनुपर्ने नपर्ने भन्ने अन्योलमा छन् । भैंसीको मासु खाने सबैलाई रेबिज भ्याक्सिन लगाउने सहमतिपछि विवाद टुङ्गिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us