शान्ति र संविधानप्रति प्रतिबद्ध छौं : विष्टमगर

काठमाण्डु टुडे २०७० मंसिर १३ गते २:०७ मा प्रकाशित

lokendra_bistaबाबियाचौर, १३ मंसिर–एकीकृत नेकपा माओवादी मगराँत राज्य समिति इन्चार्ज लोकेन्द्र विष्टमगरले आफ्नो पार्टी शान्ति र संविधान निर्माणमा प्रतिबद्ध रहेको बताएका छन् । संविधानसभा निर्वाचनमा म्याग्दी जिल्लामा उम्मेदवार बनी पराजित भएका नेता विष्टले राज्य समितिको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै आफूहरु शान्ति र संविधान निर्माणमा प्रतिबद्ध भइरहने बताएका हुन् ।

‘यो हारबाट कत्ति पनि विचलित नभई एकीकृत नेकपा माओवादी सँधै जनतासँगै रहने छ,’राज्य समिति इन्चार्ज विष्टमगर र संयोजक गिरीधारीलाल न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामी शान्ति र संविधान निर्माणमा प्रतिबद्ध भइरहने कुरा जानकारी गराउन चाहन्छौ ।’

साथै एकीकृत माओवादीले आफ्नो पार्टी र उम्मेदवारलाई मतदान गर्ने मगराँत राज्यअन्तर्गतका सबै जिल्लाका मतदातालाई कृतज्ञता पनि व्यक्त गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us