गठबन्धनले आयोगलाई तेर्सायो प्रश्नै-प्रश्न

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ११:०६ मा प्रकाशित

gathabandhanकाठमाण्डु, १२ मंसिर– १४ दल सम्मिलित संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले संविधानसभा निर्वाचनको मतपरिणामा पूर्वनियोजित र अविश्वसनीय भएको भन्दै उच्चस्तरीय आयोग गठन गरी सरकार निर्वाचन आगोग दुवैले छानबिन गर्नुपर्ने माग गरेको छ ।

गठबन्धनको बुधबार बसेको बैठकले सरकारसँग आयोगको माग गर्दै निर्वाचन आयोगले पनि धाँधलीको छानबिन गर्नुपर्ने निर्णय गरेको छ । छानबिनका लागि गठबन्धनका १४ दलले संयुक्त हस्ताक्षरसहित निर्वाचन आयोगमा बुधबार ज्ञापनपत्र पनि बुझाएको छ ।

‘मतगणनाका क्रममा मचुल्का नमिल्दा पनि किन आयोगले मतगणना जारी राख्ने आदेश दिएको’ भन्दै ज्ञापनपत्रमा गठबन्धनले आयोगसमक्ष प्रश्न गरेको गठबन्धनका नेतृत्व गरिहेका दल एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले बताएका छन् । उनले भने, ‘यो निर्वाचनको परिणाम नियोजित हो, यसमा षडयन्त्र भएको छ भन्ने ठहर गठबन्धनले पहिले नै गरिसकेको छ । छानबिन जुरुरी भएकोले हामीले ज्ञापनपत्र बुझाएका हौं ।’

‘निर्वाचनकानिर्वाचनपछि मतपेटिकासँगै प्रतिनिधिलाई किन जान नदिएको ? निर्वाचन सकिएलगत्तै मतगणना किन नगरेको ? मतगणनामा मतहरु घटबढ हुँदा मतगणना जारी राख्ने आदेश किन र कका लागि ?’ भन्दै गठबन्धनले स्पष्ट पार्न आयोगसमक्ष माग गरेको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए

गठबन्धनले ती प्रश्नहरुमा ध्यान दिएर आयोगले आफ्नो तर्फबाट पनि निर्वाचन धाँधलीको छानबिनलाई तत्काल अगाडि बढाउनु पर्ने माग गरेको छ । त्यसबारे आयोगले पुनरावलोकन नगरे संविधानसभामा नजाने पनि गठबन्धनले दोहोर्‍याएका थिए ।

निर्वाचनपछि पुनः सक्रिय भएको गठबन्धनमा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल पनि सहभागी छन् ।

गठबन्धनले आयोगलाई बुझाएको ज्ञापनपत्र:

14-partys-Letter.

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us