सहमति नभएमा अन्य बाटोबाट सरकार गठनः खनाल

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ९:३२ मा प्रकाशित

Jhalanath-Khanalकाठमाण्डु, १२ मंसिर– एमाले अध्यक्ष झलनाथ खनालले नयाँ सरकार गठनका लागि काँग्रेस–एमालेले सहमति खोज्ने र सहमति नभएमा अन्य बाटो अवलम्बन गर्ने बताएका छन् ।

उनले एमाले र नेकालाई नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गर्ने र नयाँ संविधानमा बनाउन हरेक विषयमा सहमतिका साथ अगाडि बढ्ने बताए । बुधबार बेलायती राजदूत एण्डी स्पार्क र अमेरिकी राजदूत पिटर डब्लु बोडेसँथ भेटवार्ता पश्चात उनले सहमतिको राजनीतिबारे बोलेका हुन् ।

भेटमा संविधानसभाको निर्वाचनमा एमालेले पाएको सफलतामा दुई राजदूतले बभाई तथा शुभकामना दिएका थिए । निर्वाचन परिणामसुँगै नेपालस्थित विभिन्न देशका राजदूतहरुले प्रमुख दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने क्रम केही दिनदेखि देखिएको छ ।

भेटपछि अध्यक्ष खनालले भने, ‘हामी सहमतिको बाटोमा अगाडि बढ्छौँ, त्यो बाटोमा तगारा लाग्न थाले, अवरोध आएमात्र अन्य कुनै वैकल्पिक बाटोमा हिँड्छौं ।’ खनालले ६ महिनाभित्रमै संविधानको ड्राफ बन्ने र एक वर्षभित्र जारी हुने समेत जनाएका छन् । कारी

त्यस्तै राजदूत स्पार्कले दलहरुबीच सहमति जुटाएर छिटो संविधान लेखनमा पनि सफलता मिल्ने कुरा राखेको सञ्चारकर्मीहरुलाई बताए । अमेरिकी राजदूत बोडेले भने सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us