चिकित्सकको सार्कस्तरीय सम्मेलन नेपालमा

काठमाण्डु टुडे २०७० मंसिर ११ गते १०:०४ मा प्रकाशित

SAARC-LOGOकाठमाण्डु, ११ मंसिर– सार्क क्षेत्रका शल्य चिकित्सकको सम्मेलन पहिलोपटक नेपालमा हुने भएको छ । काठमाण्डुमा मङ्सिर १३ देखि १५ गतेसम्म पहिलो सार्क सर्जिकल केयर सोसाइटी तथा सोसाइटी अफ नेपालको नवौँ राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

सम्मेलनको मुख्य उद्देश्य सार्क क्षेत्रमा शल्य चिकित्सको विकासको लागि क्षेत्रीय सहयोगको आदानप्रदान रहेको छ । राजधानीमा पत्रकार सम्मेलनमा नेपाल शल्य चिकित्सक समाजका महासचिव प्राडा रामेश्वर पाखेरेलले शल्य चिकित्सासम्बन्धी शिक्षा, आचारसंहिता र यस क्षेत्रमा भएका नवीनतम ज्ञान र प्रविधिबारेमा जानकारी गराउने बताए ।

सम्मेलनमा नेपालसहित सार्क मुलुकका ख्याती प्राप्त वरिष्ठ शल्य चिकित्सकसहित ३०० जनाले भाग लिनेछन् । सम्मेलनमा २० अतिथिले विशेष वक्ताका रुपमा रहने र ७० भन्दाबढी शोधपत्र प्रस्तुत हुनेछ ।

सम्मेलनमा शल्य चिकित्सको विभिन्न विधा जनरल, न्युरो, कार्डियक, प्लास्टिक सर्जिक, ग्यास्ट्रोइन्टरलोजी, मिनिमल इन्भेसिभ, युरोलजी, पिडियाट्रिकसहित शल्य शिक्षा, आचारसंहिता र अन्य विषयमा प्रस्तुत हुने सोधपत्रहरुमा छलफल हुनेछन् ।

‘सम्मेलनमा एक अर्काले आ–आफ्ना अनुभनको आदानप्रदान गर्नेछन् भने नयाँ प्रविधिको पनि जानकारी हुनेछ’, महासचिव डा पोखरेलले भने । साथै देशको दुर्गम क्षेत्रमा शल्यचिकित्सा सेवा कसरी पु¥याउने भन्नेमा छलफल केन्दित हुने आयोजकले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us