म्यादी प्रहरीले लिए १ अर्ब २६ करोड

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ३:३० मा प्रकाशित

Myadi-Policeकाठमाण्डु, ११ मंसिर–संविधानसभा निर्वाचनमा सुरक्षा प्रदान गर्न भर्ना गरिएका म्यादी प्रहरी घर फर्किन थालेका छन् । निर्वाचनलाई शान्तिपूर्ण बनाउन देशैभरि खटाइएका म्यादी प्रहरी घर फर्किन थालेका हुन् ।

म्यादी प्रहरीको समयावधि डेढ महिना हो, जसअनुसार मंसिर १५ गते सबै म्यादी प्रहरीले अवकाश पाउँछन् । सरकारले निर्वाचनमा शान्ति सुरक्षा प्रदान गर्न कात्तिक १ देखि मंसिर १५ गतेसम्मका लागि देशैभरि ४५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो ।

ति म्यादी प्रहरीलाई सरकारी नियमअनुसारको तलब भत्ता वितरणसमेत गरिएको छ । डेढ महिनाको अवधिमा एकजना म्यादी प्रहरीले झण्डै २८ हजार रुपैयाँ पाएका छन् । यो हिसाबले निर्वाचनकालागि म्यादी प्रहरीको तलब भत्तामा मात्रै १ अरब २६ करोड रुपैयाँ खर्च भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us