समाचार

वैद्य माओवादीको निर्णयले मोर्चाका घटक रुष्ट

२०७० पुष ३ गते ३:१७

काठमाण्डु, ३ पुस–मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले बाह्र बुँदे समझदारी र बिस्तृत शान्ति सम्झौताको औचित्य सकिएको निष्कर्ष निकालेपछि ३३ दलीय मोर्चामा आबद्ध केही दल रुष्ट भएका छन् । माओवादीको एकसाता लामो केन्द्रीय समिति बैठकले निकालेको निष्कर्षले संयुक्त मोर्चाको नीतिलाई नै प्रभावित पार्ने भन्दै ति दलले...

५ नेपाली बालबालिका अपहरण मुक्त

२०७० पुष ३ गते ३:०३

पटना, ३ पुस–भारतको पटना प्रहरीले नेपालबाट अपहरणमा परेका पाँच बालबालिकालाई सकुशल मुक्त गराएको छ । प्रहरीले तीनजना अपहरणकारीलाई समेत पक्राउ गरेको छ । नेपालका बिभिन्न स्थानबाट बैंगलोरतर्फ लैजादै गरेको अवस्थामा ति बालबालिकालाई मिठापुर भन्ने स्थानको बसपार्कबाट मुक्त गराइएको हो । गोप्य सूचनाको आधारमा पुगेका...

आइ फिङ नेतृत्वमा उच्चस्तरिय टोली काठमाण्डुमा

२०७० पुष २ गते १८:५९

काठमाण्डु,३पुस- चिनिया कम्युनिष्ट पार्टीका बिदेश मामिला सम्बन्धी उपमन्त्री आइ फिङ नेतृत्वको १४ सदस्यीय प्रतिनिधिमण्डलले बुधवारदेखि राजनीतिक भेटवार्ता शुरु गरेको छ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई भेटेका उनले एमाले अध्यक्ष झलनाथ खनाल, काँग्रेस सभापति सुशिल कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यसँग भेटवार्ता गर्नेछन् । उनको नेतृत्वको...

छोराको चौरासी पूजामा बुबा साक्षी

२०७० पुष २ गते १८:५४

बागलुङ, ३ पुस–तंग्राम गाविस–९ फापरखेतका १०४ वर्षीय देवीप्रसाद पुन आफ्नो छोरा लालबहादुर पुनको चौरासी पूजामा सहभागी भएका छन ।  सामान्यतया ८४ वर्षको उमेरसम्म बाँच्न पाउनुलाई भाग्यको रूपमा लिइने गरिए पनि बुबाकै उपस्थितिमा चौरासी पूजा भएको यस घटनालाई दुर्लभ मानिएको छ । देवीप्रसादका चार छोरामध्ये...

रुघाखोकीले ४ जनाको मृत्यु

२०७० पुष २ गते १२:५६

मुगु, २ पुस– मुगुमा रुघा खोकीबाट चार जनाको मृत्यु भएको छ । जिल्लाको उत्तरी क्षेत्रको भिइ गाविसमा फैलिएको रुघाखोकीको महामारीले चार जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । गएको डेढ हप्तादेखि फैलिएको रुघाखोकी र निमोनियाको महामारीले भिइ गाविस १ का ६५...

बै‌किङ कसुरमा ६ जनाको सम्पत्ति रोक्का

२०७० पुष २ गते ११:२६

काठमाण्डु २ पुस– नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा संलग्न किष्ट बैंक र जम्को प्रालिका ६ जनाको जनाको चलअचल सम्पत्ति र सेयर रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले सरकारी निकायसँग पनि त्यस्ता सम्पत्ति रोक्का गर्न आग्रह गरेको छ ।...

उपत्यकाको भीडमा बालबालिका असुरक्षित

२०७० पुष २ गते १०:०२

काठमाण्डु, २ पुस– बालबालिकाका लागि काठमाण्डु उपत्यका असुरक्षित रहेको तथ्यांक आएको छ । तथ्यांकअनुसार उपत्यकाबाट सबैभन्दा बढी बालबालिका हराउने गरेका छन् । बालबालिका खोजतलास समन्वय केन्द्रको आव २०६९–७० को प्रतिवेदनअनुसार बढी जनघनत्व तथा नेपालकै ठूला सहर भएकाले सहर पस्ने रहर बोकेका बालबालिका यस क्षेत्रबाट...

३२ हजारलाई अक्षर चिन्ने बनाइने

२०७० पुष २ गते ९:५८

कञ्चनपुर, २ पुस– निरक्षरता उन्मूलन गर्न कञ्चनपुरमा सञ्चालन भइरहेको साक्षरता कक्षा मार्फत ३२ हजार ५ सय ४ जनालाई साक्षर बनाइने भएको छ । अनौपचारिक शिक्षा तथा नेपाल साक्षरता अभियान कार्यक्रमअनुसार जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले जिल्लाका १९ गाविस र भीमदत्त नगरपालिकाका १९ वटै वडामा साक्षरता...

कांग्रेस जनसम्पर्क समिति अष्ट्रेलियामा चरम विवाद

२०७० पुष २ गते ९:४९

काठमाण्डु, २ पुस– कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अष्ट्रेलियामा चरम विवाद भएको छ । वर्तमान कार्यसमितिका अध्यक्षले आर्थिक अनियमितता गरेको आरोप लागेपछि विवाद भएको हो । कार्यसमितिको अनुमति बिना अध्यक्षले २६ लाख हिनामिना गरेको आरोप लागेपछि विवाद बाहिर आएको हो । वर्तमान कार्यसमितिका उपाध्यक्ष...

सांस्कृतिक एकता कायम गर्न रेग्मीको आग्रह

२०७० पुष २ गते ९:४१

काठमाण्डु, पुस २– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सांस्कृतिक सुसम्बन्ध कायम गरी एकतामा आबद्ध भइ अघि बढ्न आग्रह गरेका छन् । ज्यापू दिवसको अवसरमा काठमाण्डुमा भएको कार्यक्रममा अध्यक्ष रेग्मीले नेपाली नेपालीबीच मैत्रीभाव कायम राखी सम्बन्ध थप प्रगाढ पार्नुपर्ने बताए । रेग्मीले नेपालका सांस्कृतिक प्रचलनहरु हाम्रो...

अवैध गहनासहित दुई पक्राउ, मदिरासहित महिला पक्राउ

२०७० पुष २ गते ९:४०

वीरगन्ज, २ पुस– जिल्ला प्रहरी कार्यालय पर्साले अवैध चाँदीका गहनासहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । भन्सार छलेर अवैध रुपमा ल्याएको ५० हजार रुपैयाँ मूल्यबराबरको एक किलो चाँदीका गहनासहित बारा लिपनिमाल गाविस– ४ बस्ने २० वर्षीय राजेश्वर साह र भारत गाजियावादका ४८ वर्षीय...

‘अहिलेको सरकार लंगडो हाँस जस्तो’

२०७० पुष २ गते ९:३९

चितवन, २ पुस– सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले वर्तमान सरकार लंगडो हाँस जस्तो केही गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । सरकारले पाएको मुख्य जिम्मेवारी पुरा गरेको भन्दै पौडेलले सरकारले अब केही गर्न नसक्ने बताए । चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले नागरिकले दलहरुलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us