५ नेपाली बालबालिका अपहरण मुक्त

काठमाण्डु टुडे २०७० पुष ३ गते ३:०३ मा प्रकाशित

Patanaपटना, ३ पुस–भारतको पटना प्रहरीले नेपालबाट अपहरणमा परेका पाँच बालबालिकालाई सकुशल मुक्त गराएको छ । प्रहरीले तीनजना अपहरणकारीलाई समेत पक्राउ गरेको छ ।

नेपालका बिभिन्न स्थानबाट बैंगलोरतर्फ लैजादै गरेको अवस्थामा ति बालबालिकालाई मिठापुर भन्ने स्थानको बसपार्कबाट मुक्त गराइएको हो । गोप्य सूचनाको आधारमा पुगेका सादा पोशाकका प्रहरीले बालबालिकालाई सकुशल मुक्त गराउन सफल भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । उद्धार गरिएका बालबालिका ९ देखि १६ बर्ष उमेर समूहका छन् । उनीहरुको नाम र नेपालको ठेगाना भने खुलाइएको छैन ।

पक्राउ परेका तीन जना अपहरणकारीको साथबाट अरु धेरै बालबालिकाका तस्विरसमेत फेला परेका पटना प्रहरीले जनाएको छ ।

बलात्कार आरोपमा तीन नेपालीलाई २० बर्ष जेल

यसैबीच भारतको एक अदालतले बलात्कार आरोपमा तीन नेपाली पुरुषलाई २० बर्ष जेल सजाय तोकेको छ । जुन महिनामा एक अमेरिकी पर्यटकमाथि सामूहिक बलात्कार गरेको आरोपमा नेपाली पुरुषहरुलाई काराबासको सजाय तोकिएको हो । ति नेपाली नागरिकको नाम ठेगाना भने खुलाइएको छैन ।

उत्तरी राज्य हिमाञ्चल प्रदेशमा यस विषयमा सुनुवाइ सकिएपछि एक जिल्ला न्यायाधीशले दण्ड सजायको फैसला सुनाएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सन्चार माध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us