३२ हजारलाई अक्षर चिन्ने बनाइने

काठमाण्डु टुडे २०७० पुष २ गते ९:५८ मा प्रकाशित

saksherataकञ्चनपुर, २ पुस– निरक्षरता उन्मूलन गर्न कञ्चनपुरमा सञ्चालन भइरहेको साक्षरता कक्षा मार्फत ३२ हजार ५ सय ४ जनालाई साक्षर बनाइने भएको छ ।

अनौपचारिक शिक्षा तथा नेपाल साक्षरता अभियान कार्यक्रमअनुसार जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले जिल्लाका १९ गाविस र भीमदत्त नगरपालिकाका १९ वटै वडामा साक्षरता कक्षा सञ्चालन गरी निरक्षरता उन्मूलन गर्न लागेको हो ।

जिल्लामा ४९ हजार महिला र २१ हजार पुरुष निरक्षर रहेकोमा गत वर्ष ३८ हजार लाई साक्षरता कक्षामार्फत साक्षर गराइएको थियो ।

यो वर्ष ३२ हजारलाई साक्षरता कक्षामार्फत साक्षर गराउने लक्ष्य लिइएको जिल्ला शिक्षा कार्यालयका उपसचिव पदमराज भट्टले बताए ।

साक्षरता कक्षाका लागि २ करोड २२ लाख ५८ हजार बजेट विनियोजन गरिएको छ ।

गत वर्ष जिल्ला शिक्षा कार्यालयले छ गाविस र नगरपालिकाका सात वटा वडामा साक्षरता कक्षा सञ्चालन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us