‘अहिलेको सरकार लंगडो हाँस जस्तो’

काठमाण्डु टुडे २०७० पुष २ गते ९:३९ मा प्रकाशित

madhav prasad paudel-matriचितवन, २ पुस– सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले वर्तमान सरकार लंगडो हाँस जस्तो केही गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

सरकारले पाएको मुख्य जिम्मेवारी पुरा गरेको भन्दै पौडेलले सरकारले अब केही गर्न नसक्ने बताए । चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले नागरिकले दलहरुलाई स्पष्ट म्यान्डेट दिएकाले उनीहरुले छिटो सरकार गठन गर्नुपर्ने बताए ।

चुनावका लागि बनेको सरकारको काम र समय सकिएको बताउँदै उनले अब सरकार दलहरुकै नेतृत्वमा सञ्चालन हुनुपर्नेमा जोड दिए ।

सरकारका प्रवक्ता समेत रहेका पौडेलले देश विकास र सविंधान निर्माण गर्ने अधिकार पाएका दलहरुले संविधान बनाउनेमा विश्वस्त रहन आग्रह गरे ।

अहिलेको सरकारले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै उनले दलहरुलाई विवाद नगरी अघि बढ्न आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us