रसुवा, २ पुस– सुत्केरी भएपछि बच्चालाई दूध खुवाउन अभाव हुने आमाहरुका लागि यथेष्ठ दूध आउने आयुर्वेदिक औषधि धुन्चेमा वितरण सुरु भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज विनोदकुमार शाहका अनुसार नवजात शिशुलाई स्तनपान गराउँदा दूधको कमी भएका आमालाई जडीबुटी मिश्रण औषधि वितरण सुरु...
गुल्मी, २ पुस– कानुन तथा न्याय मन्त्री हरिप्रसाद न्यौपानेले आफूले छिट्टै भारी बिसाउन चाहेको र त्यसपछि फेरि गाउँमै आएर विकासका काम गर्ने इच्छा रहेको बताएका छन् । संविधानसभा चुनाव सम्पन्न गर्ने आफूहरुलाई दिएको जिम्मेवारी पूरा गरेकाले छिट्टै निर्वाचित सरकारलाई जिम्मेवारी सुम्पन चाहेको भन्दै उनले...
काठमाण्डु, २ पुस–व्यवस्थापिका–संसद् सचिवालयले संविधानसभाको बैठक तत्कालै बोलाए पनि त्यसलाई व्यवस्थित रुपले सञ्चालन गर्न सक्ने गरी पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ । संविधानसभाको निर्वाचन सम्पन्न भइसकेपछि बैठक सञ्चालन गर्नुपर्ने पाटो र पक्षलाई उच्च प्राथमिकता दिएर तयारी गरिएको संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी...
सोलुखुम्बु, २ पुस–जिल्ला अस्पताल फाप्लुमा डाक्टर नहुँदा शवपरीक्षण गर्न समस्या भएको छ । भएको एकजना डाक्टर पनि तालिममा गएपछि शवपरीक्षण गर्न समस्या भएको हो । नेले– ७ की ३० वर्षीया पुटीमाया शेर्पालाई मृत अवस्थामा भेटिएपछि शवपरीक्षण गर्न सोमबार जिल्ला अस्पताल फाप्लुमा ल्याइए पनि डाक्टर...
विराटनगर, २ पुस–प्रतिबन्धित भारतीय रुपैयाँ सहित राष्ट्र बैंकका पूर्वकर्मचारीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । नोट सटही केन्द्र सन्चालन गर्दै आएका इन्द्र गेलाललाई मोरङ प्रहरीले विहान नियन्त्रणमा लिएको हो । उनको साथबाट पाँचसय भारतीय नोटको दुई लाख पाँच हजार रुपैयाँ बरामद गरिएको मोरङ प्रहरी...
म्याग्दी, २ पुस–म्याग्दीको चिमखोला गाविसमा रहेर अहिले देश तथा विदेशमा रहेकाहरूको फेसबुक समूह ‘चिमखोले फेसबुक समूह’ले विद्यार्थीहरूको अन्तरनिहित क्षमताको प्रस्फुटन गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले गाउँमै हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अमर मावि चिमखोलमा आयोजित उक्त कार्यक्रममा पाखापानी स्रोत केन्द्रका विभिन्न आठ...
जुम्ला, २ पुस–नेपालगन्ज र सुर्खेतबाट जुम्लाका लागि उडान भर्ने निजी विमान कम्पनीले एक्कासि भाडा बढाएपछि जुम्लाका अधिकांश यात्रु कर्णाली राजमार्ग हँुदै यात्रा गर्र्ने गरेका छन् । निजी विमान कम्पनीले सुर्खेत नेपालगन्जमा लोड नभएको भन्दै जुम्लाबाट साढे १२ हजार रुपैयाँ नतिरेसम्म उडान नभर्ने अडान राखेपछि...
काठमाण्डु, २ पुस– किराँत समुदायको प्रमुख चाड उधौली मंगलबारबाट शुरु भएको छ । राई, लिम्बु, सुनुवार र याक्खाले मनाउने गरेको उधौली मंगलबारबाट १५ दिनसम्म मनाउने गरिन्छ । अन्नबाली पाकेर भित्राएको खुसियालीमा कूल पितृलाई चढाएर उधौली पर्व मनाउने परम्परा छ । ललितपुरको हात्तिबनमा उधौलीको रौनक...
काठमाण्डु–१ पुस– राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घले संविधानसभामा समानुपातिकतर्फ ५० प्रतिशतभन्दा बढी सहभागी गराउन माग गरेको छ । संविधानसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिला १० जना अर्थात ४.२ प्रतिशतमात्र निर्वाचन भएको उल्लेख गर्दै महास¬ङ्घले समानुपातिकतर्फ ५० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गराई ३३ प्रतिशत पु¥याउन माग गरेको...
काठमाण्डु, १ पुस– निर्वाचन आयोगले संविधानसभा निर्वाचनमा हालसम्म करिब रु चार अर्ब ८४ करोड खर्च भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त भएपछि अन्तिम खर्च विवरण सार्वजनिक गरिने आयोगका प्रवक्ता वीरबहादुर राईले आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार...
काठमाण्डु, १ पुस – निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फका सभासदको नामावली बुझाउन दलहरुलाई थप एक साताको समय दिएको छ । आयोग प्रवक्ता वीरबहादुर राईले समानुपातिकर्फको नामावली बुझाउन पुस १० गतेसम्मको समय प्रदान गरिएको जानकारी दिए । दलहरुको आग्रहमा कार्यविधि संशोधन गरी समानुपातिक सभासदको समयसीमा थपिएको...
वीरगञ्ज, १ पुस – एकीकृत माओवादीका एक समानुपातिक उम्मेदवारलाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरेको छ । एकीकृत माओवादी भोजपुरा राज्य समिति सदस्य फिरोज भनिने सियाराम कुशवाहालाई पर्सा प्रहरीको विशेष टोलीले सोमबार चितवनको भण्डाराबाट पक्रेको हो । उनी हिन्दू युवा संघका तत्कालिन अध्यक्ष काशी तिवारी...