
रसुवा, २ पुस– सुत्केरी भएपछि बच्चालाई दूध खुवाउन अभाव हुने आमाहरुका लागि यथेष्ठ दूध आउने आयुर्वेदिक औषधि धुन्चेमा वितरण सुरु भएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज विनोदकुमार शाहका अनुसार नवजात शिशुलाई स्तनपान गराउँदा दूधको कमी भएका आमालाई जडीबुटी मिश्रण औषधि वितरण सुरु गरेको छ ।
शारीरिक असर नगर्ने र निःशुल्क रुपमा प्रदान हुने सतावरी चूर्ण नामक औषधि सुत्केरी भएको दिनबाट दिनको दुईपटक एक/एक चम्चा खाँदा सबै आमाहरुले बच्चालाई यथेष्ठ दूध खुवाउन सक्ने र ३५ दिनसम्म नियमित सेवन गर्नुपर्ने कविराज शाहले जानकारी दिए ।
चेतनाको अभावमा आयुर्वेदिक औषधि खपत हुन नसकेका कारण अस्पतालको शय्यामा सुत्केरी गराउने महिलालाई जानकारी गराइदिन जिल्ला स्वास्थ्य कार्यालय रसुवालाई आग्रह गरिसकिएको बताइएको छ । रासस