समानुपातिक सभासद सूची बुझाउने समयसीमा सात दिन थप

काठमाण्डु टुडे २०७० पुष १ गते १२:५८ मा प्रकाशित

काठमाण्डु, १ पुस – निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फका सभासदको नामावली बुझाउन दलहरुलाई थप एक साताको समय दिएको छ ।
election commition of nepalआयोग प्रवक्ता वीरबहादुर राईले समानुपातिकर्फको नामावली बुझाउन पुस १० गतेसम्मको समय प्रदान गरिएको जानकारी दिए । दलहरुको आग्रहमा कार्यविधि संशोधन गरी समानुपातिक सभासदको समयसीमा थपिएको उनले बताए ।

त्यसअघि सोमबार बिहान बसेको उच्चस्तरीय राजनीतिक समिति बैठकको निर्णयअनुसार दलहरुले सहमतिका लागि वार्ता र संवादको प्रक्रिया जारी रहेको भन्दै समानुपातिक उम्मेदवारको नामावली पेस गर्ने समयावधि एक साता थप्न निर्वाचन आयोगसमक्ष औपचारिक आग्रह गरेका थिए ।

आयोगले संविधानसभाको प्रमुख दल काँग्रेसको आग्रहमा पहिलोपटक थपेको समयसीमा ३ पुसमा सकिंदैछ । समानुपातिक सभासदका आकांक्षी धेरै भएपछि काँग्रेस–एमालेले सूची बुझाउन सकेका छैनन् ।

एकीकृत माओवादीसहित साना १६ दल भने निर्वाचनमा भएको भनिएको धाँधली छानविन नभएसम्म समानुपातिक सूची नबुझाउने र संविधानसभामा पनि नजाने अडानमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us