काठमाण्डु, १ पुस– सरकारले संयुक्त अबर इमिरेटस(युएइ)मा हालै सम्पन्न टि ट्वान्टी क्वालिफाई प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरी आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने टि ट्वान्टी वल्र्डकप प्रतियोगितामा पुग्न सफल नेपालको राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित सम्मान कार्यक्रममा...
काठमाण्डु, १ पुस– पर्यटन बोर्ड समावेशी हुन नसकेको र बोर्डको बजेट हिनामिना भएको भन्दै सुदुर र मध्यपश्चिमका पर्यटन व्यवसायीहरु आन्दोलित भएका छन् । विभेद पूर्ण रुपमा पर्यटन बोर्डको कार्यक्रम लागु हुन नसक्ने ठोकुवा गर्दै उनीहरुले विभेदका विरुद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।...
महोत्तरी, १ पुस– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरमा सोमबार दिनदहाडै एउटी महिलाको २० हजार रुपैयाँ नगदसहित महत्वपूर्ण कागजात लुटिएको छ । नगरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट नगद झिकेर घर फर्कन लागेकी जिल्लाकै इकरहिया–९ की सिहन्तादेवी कापरको नगदसहित महत्वपूर्ण कागजात राखिएको झोला सदरमुकामको अति व्यस्त मटिहानीचोकमा...
काठमाण्डु, १ पुस– नेकपा–माओवादीले दोस्रो संविधानसभापछि मुलुक २०४७ सालमा फर्किएको निश्कर्ष निकाल्दै १२ बुँदे सम्झौता र विस्तृत शान्ति सम्झौता खारेज भएको घोषणा गरेको छ । केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्ने क्रममा सो माओवादी अध्यक्ष मोहन वैद्यले देश पहिलेकै अवस्थामा पुगेको बताउँदै भने, ‘१२ बुँदे...
चितवन, १ पुस– मापदण्ड पूरा नगरी सञ्चालन गरेका निजी अस्पताललाई बन्द गर्न दिएको निर्देशन अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार ती अस्पतालमा तालाबन्दी गरेको छ । दर्ता नभएको, नवीकरण नगरेको र अन्य मापदण्ड पूरा नगरेको देखिएपछि जिल्लाका चारवटा निजी अस्पताललाई बन्द गर्न एक...
काठमाण्डु, १ पुस– उच्चस्तरीय समितिको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच समानुपातिकतर्फको उम्मेदवारहरुको नामावली बुझाउने अन्तिम म्याद एक हप्ता थप्न निर्वाचन आयोगलाई आग्रह गर्ने सहमति जुटेपछि काँग्रेसको संसदीय समितिको बैठकमा समानुपातितर्फको नामावलीबारे कुनै छलफल भएन । यसैबीच काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले समानुपातिक उम्मेदवारको नामावली...
काठमाण्डु, १ पुस– एकीकृत माओवादीका पोलिटब्युरो सदस्य टोपबहादुर रायमाझीले कतिपय जिल्लामा काँग्रेस र एमालेबाट समेत गत संविधानसभा निर्वाचनमा धाँधली भएको भन्ने आवाज उठेकाले पनि धाँधली भएको पुष्टि भएको बताएका छन् । संवाद क्लब नेपालद्वारा आयोजित ‘निर्वाचनसम्बन्धी छानबिन आयोग गठनको औचित्य र आधार’ विषयमा आयोजित...
काठमाण्डु, १ पुस– नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुकमा विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि दलबीच सहमतिको विकल्प नरहेको बताए । काठमाण्डु निर्वाचन क्षेत्र नं १ का महिलाले सोमबार बानेश्वरमा आयोजना गरेको कार्यक्रममा उनले लामो समयसम्म देशलाई अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड दिँदै अहिले ठूला...
ललितपुर, १ पुस– महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक केशवप्रसाद अधिकारीले ट्राफिक नियम उल्लङ्घन गर्ने केही जान्ने मान्नेले आफूलाई ठूलो ठान्ने प्रवृति हट्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । महानगरीय प्रहरी वृत्त ललितपुरले सोमबार आयोजना गरेको ‘ट्राफिक जनचेतना अभियान’ अन्तक्र्रिया कार्यक्रममा...
काठमाण्डु, १ पुस– प्रमुख आयुक्त उप्रेतीले संविधानसभामाले चाँडै पूर्णता पाउनेमा निर्वाचन आयोग ढुक्क रहेको बताएका छन् । उनले भने, ‘दलहरुले बुद्धिमतापूर्ण निर्णय गर्ने र संविधानसभाले चाँडै पूर्णता पाउनेमा आयोग ढुक्क रहेको छ ।’ सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उप्रेतीले प्रमुख दलहरुले दोस्रोपटक म्याद थपको अनुरोध...
काठमाण्डु, १ पुस– उच्चस्तरीय राजनीतिक समितिले समानुपातिक सभासदको नामावली बुझाउन अझै एक हप्ताको समय थप्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सोमबार विहान बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले यही पुस १० गतेसम्मको म्याद बढाउन आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो । कोइराला निवास महाराजगन्जमा...
जाजरकोट, १ पुस–जाजरकोटमा नुनको अभाव भएको छ । यस आर्थिक वर्षको निर्धारित कोटाको नुन जिल्लामा नपुगेकाले नुनको हाहाकार भएको हो । नुन नपाउँदा उपभोक्ता अलिनु खान बाध्य छन् । यो आर्थिक वर्षको निर्धारित कोटा नुन एक हजार ७०० क्विन्टलमध्ये ठेकेदारले ३५० क्विन्टल मात्र ढुवानी...