पर्यटन बोर्डलाई पर्यटन व्यवसायीको चेतावनी

काठमाण्डु टुडे २०७० पुष १ गते १०:४१ मा प्रकाशित

NTBकाठमाण्डु, १ पुस– पर्यटन बोर्ड समावेशी हुन नसकेको र बोर्डको बजेट हिनामिना भएको भन्दै सुदुर र मध्यपश्चिमका पर्यटन व्यवसायीहरु आन्दोलित भएका छन् ।

विभेद पूर्ण रुपमा पर्यटन बोर्डको कार्यक्रम लागु हुन नसक्ने ठोकुवा गर्दै उनीहरुले विभेदका विरुद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

सोमबार सो क्षेत्रका पर्यटन व्यवसायीहरुले पत्रकार सम्मेलन गरेर पर्यटन बोर्डको १५ वर्षको इतिहासमा अहिलेसम्म कार्यकारी समितिमा सुदुर र मध्यपश्चिमबाट कहिल्यै पनि प्रतिनिधित्व नभएको, बोर्डको बजेटको एक प्रतिशत पनि लगानी नगरेर विभेद गरिएको दावी गरे ।

व्यवसायीहरुले बोर्डलाई विकेन्द्रीत गरेर क्षेत्रीय स्तरमा लगिनु पर्ने, समावेशीताको आधारमा बोर्डमा सबैको प्रतिनिधित्व हुनु पर्ने, बोर्ड भित्र भएको आर्थिक अनियमितताको छानविन गरिनु पर्ने  र हालै पुर्ननियूक्ती गरिएका बोर्डका दुई सदस्यको नियूक्ती फिर्ता लिनु पर्ने माग अघि सारेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मध्यपश्चिमका पर्यटन ब्यवसायी वैकुण्ठ प्रधानले बोर्डले मध्य र सुदुरपश्चिमकालागि छुट्याईएको बजेट अन्यत्रै खर्च गरेको भन्दै त्यसको छानविन हुनु पर्ने माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us