सहमतिको विकल्प छैनः सिंह

काठमाण्डु टुडे २०७० पुष १ गते ९:१७ मा प्रकाशित

prakash man singकाठमाण्डु, १ पुस– नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुकमा विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि दलबीच सहमतिको विकल्प नरहेको बताए ।

काठमाण्डु निर्वाचन क्षेत्र नं १ का महिलाले सोमबार बानेश्वरमा आयोजना गरेको कार्यक्रममा उनले लामो समयसम्म देशलाई अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड दिँदै अहिले ठूला दलबीच विभिन्न चरणमा भइरहेका छलफल तथा वार्ताले चाँडो सहमति कायम गर्ने विश्वास व्यक्त गरे ।

महामन्त्री सिंहले निर्धारित समयमै लोकतान्त्रिक संविधान जारी गर्नका लागि अन्य दललाई गम्भीर बन्न आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us