
काठमाण्डु, १ पुस– प्रमुख आयुक्त उप्रेतीले संविधानसभामाले चाँडै पूर्णता पाउनेमा निर्वाचन आयोग ढुक्क रहेको बताएका छन् ।
उनले भने, ‘दलहरुले बुद्धिमतापूर्ण निर्णय गर्ने र संविधानसभाले चाँडै पूर्णता पाउनेमा आयोग ढुक्क रहेको छ ।’ सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उप्रेतीले प्रमुख दलहरुले दोस्रोपटक म्याद थपको अनुरोध गरेको हुनाले अन्तिमपटक म्याद थप गर्न आफूहरुबीच बैठक बस्ने जानकारी दिए ।
उनले थपे, ‘संविधानसभामा जान्न भन्ने दलसहित म्याद थपको अनुरोध लिएर आयोग आउनुभएको छ, यसलाई आयोगले सकारात्मक रुपले लिएको छ ।’
दलहरुले गत मंसिर २५ गते संविधानसभामा समानुपातिको नामावली बुझाउन म्याद थप गर्न आयोग समक्ष अनुरोध गरेपछि नामावली बुझाउन यही पुस ३ गते सम्म म्याद थप गरिएको थियो ।