शान्ति सम्झौता खारेज भएको घोषणा

काठमाण्डु टुडे २०७० पुष १ गते ९:३० मा प्रकाशित

baidhyaकाठमाण्डु, १ पुस– नेकपा–माओवादीले दोस्रो संविधानसभापछि मुलुक २०४७ सालमा फर्किएको निश्कर्ष निकाल्दै १२ बुँदे सम्झौता र विस्तृत शान्ति सम्झौता खारेज भएको घोषणा गरेको छ ।

केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्ने क्रममा सो माओवादी अध्यक्ष मोहन वैद्यले देश पहिलेकै अवस्थामा पुगेको बताउँदै भने, ‘१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता खारेज भइसकेको छ ।’

नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा भएको पत्रकार सम्मेलनमा उनले भने, ‘यथास्थितिवादी रपश्चगामी हावी भएको छ । रुपान्तरणका लागि १० वर्षसम्म जनयुद्व भयो । त्यो सबै सकियो अब संविधानसभामा दुई तिहाई अर्कै पक्षको भयो । मुलुक अब ०४७ सालतिर गयो ।’

काँग्रेस–एमाले पश्चगामी

जनयुद्धको जगमा आएको माओवादी नामको कुनै पनि पार्टी संविधानसभाको उचित स्थानमा नभएको भन्दै उनले काँग्रेस–एमालेको हातमा देश पुगेको बताए । काँग्रेस एमाले यथास्थितिवादी र पश्चगामी शक्ति भएको टिप्पणी गर्दै वैद्यले यही संविधानसभाबाट जनपक्षीय संविधान नबन्ने ठोकुवा गरे ।

विजयीले राजिनामा दिनुपर्ने सर्त

सर्वपक्षीय गोलमेच सम्मेलनबाट राजनीतिक निकास निकाल्नुपर्नेमा जोड दिँदै वैद्यले एमाओवादी एमाओवादी सडकमा आए मात्र कार्यगत एकता हुनसक्ने स्पष्ट पारे । कार्यगत एकताका लागि नेकपा–माओवादीले एमाओवादीका विजयी उम्मेदवारले राजिनामा दिनुपर्ने सर्त समेत अघि सारेको छ ।

बमको जिम्मेवारी

नेकपा–माओवादीले निर्वाचन वहिष्कार गर्दै विभिन्न स्थानमा बम विष्फोट गराएको स्वीकारेको छ । निर्वाचनअघि भएका विष्फोटको जिम्मेवारी लिँदै अज्ञात समूहले नभई नेकपा–माओवादीले जनताको पक्षमा सो कार्य गरेको वैद्यले दावी गरे ।

निर्वाचन धोकापूर्ण रुपमा हुन लागेको र जनताको संविधान नबन्ने पहिले नै पक्का भएकाले आफूहरुले जनताका लागि आवश्यक ठानेर आफ्ना कार्यकर्ताहरुले बम पड्काएको माओवादीको भनाइ छ ।

झण्डै एक साता लामो केन्द्रीय समितिको बैठक टुंग्याउँदै माओवादीले निर्णयहरु सार्वजनिक गरेको हो ।

विज्ञप्तिको पूर्ण पाठ:

cpn-maoist-press-relese 1cpn-maoist-press-relese 2cpn-maoist-press-relese 3 cpn-maoist-press-relese 4

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us