‘काँग्रेस–एमालेबाटै धाँधली भएको पुष्टि’

काठमाण्डु टुडे २०७० पुष १ गते ९:१९ मा प्रकाशित

top bahadurकाठमाण्डु, १ पुस– एकीकृत माओवादीका पोलिटब्युरो सदस्य टोपबहादुर रायमाझीले कतिपय जिल्लामा काँग्रेस र एमालेबाट समेत गत संविधानसभा निर्वाचनमा धाँधली भएको भन्ने आवाज उठेकाले पनि धाँधली भएको पुष्टि भएको बताएका छन् ।

संवाद क्लब नेपालद्वारा आयोजित  ‘निर्वाचनसम्बन्धी छानबिन आयोग गठनको औचित्य र आधार’ विषयमा आयोजित अन्तक्र्रियामा उनले  प्रजातान्त्रिक संस्कारअनुसार उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसंँग माग गरे ।

सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जयकुमार साहले नेपालको परिवेशमा २०३६ सालदेखि कहिल्यै  निष्पक्षतापूर्वक निर्वाचन नभएको जिकिर गर्र्दै यो निर्वाचन पनि स्वच्छ भएन भने । त्यस्तै काँग्रेसका नेता डा. नारायण खड्काले संविधानसभाभित्र संसदीय समिति बनाएर निर्वाचनसम्बन्धमा भएको विवादको समाधान खोज्न सकिने बताए ।

एमालेका नेता भीमबहादुर रावलले एमाओवादीले भने जस्तो धाँधली छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग र काँग्रेसले अघि सारे जस्तो संसदीय छानबिन आयोग आवश्यक नभएको बताए ।

कानुन व्यवसायी राजकुमार थापाले संविधानसभाको बैठक डाक्नुअघि राजनीतिक रुपमा छानबिन आयोग गठन गरी समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us