राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ

काठमाण्डु टुडे २०७० पुष २ गते ६:१८ मा प्रकाशित

विराटनगर, २ पुस–प्रतिबन्धित भारतीय रुपैयाँ सहित राष्ट्र बैंकका पूर्वकर्मचारीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । नोट सटही केन्द्र सन्चालन गर्दै आएका इन्द्र गेलाललाई मोरङ प्रहरीले विहान नियन्त्रणमा लिएको हो ।

उनको साथबाट पाँचसय भारतीय नोटको दुई लाख पाँच हजार रुपैयाँ बरामद गरिएको मोरङ प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए । गेलालले राष्ट्र बैंक छेउमा रहेको विशाल सटही केन्द्र सन्चालन गर्दै आएका छन् ।

भारतीय रुपैयाँको कारोबार हुने गरेको सूचनाको आधारमा ग्राहक बनेर सादा पोशाकमा गएका प्रहरीले गेलाललाई पक्राउ गरेका हुन् । विराटनगरमा एक दर्जन बढी सटही केन्द्रमा प्रतिबन्धित भारतीय रुपैयाँको कारोबार हुने गरेको अनुमान छ ।

नेपालमा भारतीय पाँच सय र एक हजार रुपैयाँको नोट कारोबारमा प्रतिबन्ध लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us