काठमाण्डु, ३ पुस – अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट कार्यान्वयनलाई तीव्रता दिन सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको बजेटको पहिलो चौमासिक समीक्षा बैठकमा मन्त्री कोइरालाले अघिल्लो वर्ष काममा ढिलासुस्ती हुँदा बजेट कार्यान्वयन नभएकाले त्यस्तो समस्या आउन नदिन सक्रियतापूर्वक काम गर्न निर्देशन...
काठमाण्डु ३ पुस– एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले दोस्रो संविधानसभाबाट संविधान जारी गर्नु फलामको च्युरा चपाउनु सरह हुने तर्क गरेका छन् । एकीकृत माओवादीसहित पहिचान पक्षधरहरुको दुई तिहाई बहुमत हुँदा समेत पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेको स्मरण गर्दै उनले अहिले कसैको पनि...
काठमाण्डु, ३ पुस– एमाले स्थायी समिति सदस्य केपी ओलीले अव नयाँ राष्ट्रपति चयन गर्नुपर्ने बताएका छन् । वर्तमान राष्ट्रपतिलाई संविधान जारी नगरुन्जेलसम्म राख्न नसकिने भन्दै ओलीले नयाँ जनादेश अनुुसार नयाँ राष्ट्रपति चयन हुनुपर्ने बताए । ‘४वर्षमा संविधान बनाउने त्यसपछि ४ वर्ष प्रादेशिक सभा र...
सोलुखुम्बु, ३ पुस– सोलुखुम्बुको सदरमुकाम आसपास तथा माथिल्लो क्षेत्रमा बुधबार विहानैदेखि हिउँ परेको छ । सोलुको नाम्चे, खुम्जुङ तथा चौरींखर्कका अधिकांश भू–भागमा हिँउ परेको छ । यस्तै सदरमुकाम सल्लेरी, बेनी, गोली, टाक्सिन्दु, जुभिङ, बुङ, वाकु, गोराखानी, केरुङ, टाप्टिङलगायतका गाविसका विभिन्न क्षेत्रमा पनि हिउँ परिरहेको...
नवलपरासी, ३ पुस– नवलपरासीको बर्दघाट बजार क्षेत्रलाई मध्यनजर गर्दै माकर चक्रपथ निर्माणको कार्य सुरु भएको छ । जिल्ला विकास समितिबाट यस आर्थिक वर्षमा पाँच लाख रुपैयाँ पाएपछि चक्रपथ निर्माणको काम अघि बढाइएको हो । यो रकम निकासा गर्न पहल गरी नक्साङ्कन बमोजिमका काम अघि...
गौर, ३ पुस– नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत नेकपा माओवादीले भनेजस्तो निर्वाचन छानविन आयोग गठन हुन नसक्ने बताएका छन् । रौतहटको गौरमा बुधबार विहान भएको कार्यक्रममा नेपालले चुनावमा धाँधली नभएकोले आयोग पनि गठन नहुने बताएका हुन् । संसदमा छलफल गरी आउँदा...
सोलुखुम्बु, ३ पुुस–राजनीतिक दलहरुबीच जातजाति र धर्मका विषयमा विवाद भइरहेको अवस्थामा सल्लेरी– ७ सोलुखुम्बुमा बुद्ध र हिन्दू धर्मावलम्बीहरु मिलेर बौद्ध माने बनाएका छन् । सल्लेरी–७ छुल्यामुस्थित सडकमा रहेको पुरानो माने बौद्ध भत्किएर जीर्ण भएकाले सोही स्थानमा आकर्षक बौद्ध माने बनाइएको हो । नेवार, शेर्पा,...
कञ्चनपुर, ३ पुस–कञ्चनपुरमा सुरक्षित मातृत्व कार्यक्रम लागू भए पनि मातृ र नवजात शिशु मृत्युदर बढ्दोरुपमा रहेको पाइएको छ । महिलाहरुलाई सुत्केरी हुनका लागि अस्पताल र स्वास्थ्य चौकीमा जानुपर्छ भन्ने जनचेतनाको कमी र सुत्केरी हुने महिलालाई अस्पताल पुर्याउन हुने ढिलाइका कारण मातृ र नवजात शिशुको...
काठमाण्डु, ३ पुस–नेपाल पोलियो शून्य प्रमाणीकरण हुने अवस्थामा रहेको छ । दक्षिण पूर्वी एसियाली देशहरूमध्ये नेपाल पनि पोलियो शून्य देशका रूपमा ऐतिहासिक सफलता प्राप्त गर्न लागेको हो । नेपालमा पोलियाका रोगीहरू देखा नपरेको तीन वर्ष बितिसकेको छ । लगातार तीन वर्षभन्दा बढी पोलियो रोगी...
काठमाण्डु, ३ पुस– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति र संविधानको मुख्य कार्यभार सहमतिबाटै पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । दीगो शान्ति स्थापना र नयाँ संविधान बनाउन एमाओवादीले ठूलो त्याग र बलिदान दिएको भन्दै प्रचण्डले त्यसलाई पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको...
काठमाण्डु, ३ पुस–संविधानसभा निर्वाचनमा भएको धाँधली छानविन नभएसम्म संविधानसभामा नजाने घोषणा गरेको एकीकृत नेकपा माओवादी अन्ततः संविधानसभामा सहभागी हुन सहमत भएको छ । उसले समानुपातिक सभासद चयनको गृहकार्य पनि शुरु गरेको छ । निर्वाचन आयोगले पुस १० गतेसम्म सभासदको नामावली बुझाउने समय दिएकोले त्यसअघि...
काठमाण्डु, ३ पुस– सरकार गठनको गृहकार्य जारी रहेकोबेला एमालेको पछिल्लो भुमिकाले नेपाली काँग्रेस सशंकित भएको छ । उसको भुमिका शंकास्पद भएको काँग्रेसको अनुमान छ । राष्ट्रपतिको निर्वाचन, उच्चस्तरीय राजनीतिक समितिको निरन्तरता कि बिघटन, समानुपातिक सभासदहरुको नामावली बुझाउनको लागि निर्वाचन आयोगसँग थप समय मागलगायत विषयमा...