
नवलपरासी, ३ पुस– नवलपरासीको बर्दघाट बजार क्षेत्रलाई मध्यनजर गर्दै माकर चक्रपथ निर्माणको कार्य सुरु भएको छ ।
जिल्ला विकास समितिबाट यस आर्थिक वर्षमा पाँच लाख रुपैयाँ पाएपछि चक्रपथ निर्माणको काम अघि बढाइएको हो ।
यो रकम निकासा गर्न पहल गरी नक्साङ्कन बमोजिमका काम अघि बढाइने तयारी भएको निर्माण समितिका अध्यक्ष चुडामणि भण्डारीले बताए ।
बर्दघाट क्षेत्रमा माकर चक्रपथ निर्माण गर्न यतिबेला गाविसमा क्रियाशील राजनीतिक दल तथा विभिन्न संघसंस्था र स्थानीयवासी एकजुट भई संयुक्तरुपमा लागिपरेका छन् ।
चक्रमण निर्माण गर्न भण्डारीको अध्यक्षतामा १७ सदस्यीय माकर गाविसस्तरीय निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।