
गौर, ३ पुस– नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत नेकपा माओवादीले भनेजस्तो निर्वाचन छानविन आयोग गठन हुन नसक्ने बताएका छन् । रौतहटको गौरमा बुधबार विहान भएको कार्यक्रममा नेपालले चुनावमा धाँधली नभएकोले आयोग पनि गठन नहुने बताएका हुन् ।
संसदमा छलफल गरी आउँदा दिनहरुका चुनावमा सुधार भने गरिने धारणा राखे ।
उनले आउँदो १० गतेपछि समानुपातिक सभासदहरुको नाम बुझाउने समय फेरि नथपिने बताए । देशको जिम्मेवारी काँग्रेस र एमालेको काँधमा आएकोले सबै दललाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाए ।