काठमाण्डु, ४ पुस नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादीसँग कांग्रेस नजिकिएको भन्ने कुरा गलत भएको बताएका छन् । काठमाण्डुमा जारी कांग्रसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले सरकार गठनका सन्दर्भमा नेतृत्व माओवादीसँग नजिकिएको भन्दै प्रश्न उठाएपछि कोइरालाले यस्तो जवाफ दिएको केन्द्रीय सदस्य रामशरण महतले...
जनकपुर, ४ पुस–बलात्कार अभियोगका थुनामा रहेका एक जना थुनुवा प्रहरीको हिरासतबाट फरार भएका छन् । जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका धनुषा पुष्पलपुरका ज्ञानबहादुर घिसिङ थुनुवा कक्षबाट शौचालय जानेक्रममा भागेको धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । घिसिङ गएको मंसिर २७ गते ढल्केबरकी १२...
सोलुखुम्बु, ४ पुस–अत्यधिक चिसोका कारण सोलुखुम्ब र जिल्ला सदरमुकाम सल्लेरीका स्थानीय बासिन्दा एवम् कर्मचारीहरुको कामकाज प्रभावित भएको छ । तीन दिनदेखि अप्रत्याशित रुपमा बाक्लो कुहिरो लाग्ने, सिमसिम पानी पर्ने र चिसो हावा लाग्ने गरेकाले सदरमुकामलगायत आसपासको जनजीवन प्रभावित बनेको हो । पछिल्लो समयमा सोलुखुम्बु...
काठमाण्डु, ३ पुस- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डु महानगरपालिकाका वरिष्ठ इन्जिनियर देवेन्द्र डंगोल र उनका भतिजा अनुजबहादुर सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । डंगोलले पदीय दुरुपयोग गरी गैरकानूनीरुपमा १ करोड ४१ लाख ९३ हजार ९ सय ४८ र ४ पैसाको स्रोतसमेत प्रमाणित...
काभ्रे, ३ पुस– काभ्रेमा सवारी दुर्घटनामा परी घाइते भएका एक व्यक्तिको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले सीपाली चिलाउने का २५ वर्षीय रामप्रसाद मैनाली र मेथिनकोट का ३२ वर्षीय गणेशबहादुर मैनालीलाई पक्रेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंसिर...
काठमाण्डु, ३ पुस– मानव बेचबिखनमा परेका महिला तथा बालबालिकालाई उद्दार गर्न ७५ वटै जिल्लामा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण जिल्ला समिति गठन गरिएको छ । समितिले सचेतनासम्बन्धी कार्यक्रम तथा उद्दारसम्बन्धी कार्य गर्दै आएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले...
काठमाण्डु, ३ पुस– नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीति र समानुपातिकतर्फको उम्मेदवार चयनको मापदण्डबारे छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको बैठकमा संविधानसभा निर्वाचनको समीक्षा गर्दै निर्वाचनपछिको समसामयिक राजनीति र पार्टीका तर्फबाट चयन हुने समानुपातिक उम्मेदवार चयनको मापदण्डबारे छलफल भएको...
काठमाण्डु, ३ पुस- चिनियाँ भ्रमण दल र नेकपा-माओवादीबीच भेटवार्ता भएको छ । भेटमा दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको नेकपा-माओवादीले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका उपमन्त्री नेतृत्वको भ्रमण दलसँग मैत्रीपूर्ण भेटवार्ता भएको माओवादीले जनाएको छ । माओवादी अध्यक्ष...
काठमाडौं, ३ पुस- नेपाल पत्रकार महासंघले सदस्यता वितरणमा गल्ती भएको स्वीकार गरेको छ । महासंघले गल्ती स्वीकार गर्दै मंसिर २४ गते सबै जिल्ला र प्रतिष्ठान शाखामा सदस्यता स्वीकृतको जानकारी सहित पठाएको पत्र फिर्ता लिएको बुधबार जनाएको छ । ‘महासंघको विधान, यसको स्वीकृत विधि र...
धुन्चे, ३ पुस– गाउँमा सहजरूपले हेलिकोप्टर अवतरण गराउन रसुवाका ग्रामिण भेगका बासिन्दाले प्रत्येक गाउँमा हेलिप्याड निर्माणको माग गरेका छन् । नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङका अनुसार रसुवाको अधिकांश भू–भाग भिरालो भएकोले गम्भीर खालका बिरामीलाई काठमाडौं लैजान हेलिकोप्टरमार्फत नै उपयुक्त हुने भएका कारण एक गाउँ...
नवलपरासी, ३ पुस- सशस्त्र प्रहरीका बल सीमा सुरक्षा कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार अगन्धर चापागाईं मृत फेला परेका छन् । नवलपरासीको माकर गाविस ४ बर्दघाट टिसियन चोक नजिक जंगलमा उनी मृत भेटिएका हुन् । एक साता अघि घर विदामा बसेका पर्वत चित्रे गाविस ४...
काठमाण्डु, ३ पुस- जाडोमा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर त्रिपालले नछोप्न सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । यसरी ट्याङ्कर छोप्दा आयल निगमलाई नोक्सान हुने भन्दै सरकारले नछोप्न भनेको हो । ट्याङ्करलाई छोप्दा तल र माथिको तापक्रममा फरक पर्ने र यसले आयल निगमलाई नोक्सान हुने...