
काठमाण्डु, ३ पुस- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डु महानगरपालिकाका वरिष्ठ इन्जिनियर देवेन्द्र डंगोल र उनका भतिजा अनुजबहादुर सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
डंगोलले पदीय दुरुपयोग गरी गैरकानूनीरुपमा १ करोड ४१ लाख ९३ हजार ९ सय ४८ र ४ पैसाको स्रोतसमेत प्रमाणित गर्न नसकेको तथा उनका भतिजा अनुजबहादुर सिंहको नाममा १ करोड ८ लाख रुपैयाँ र बा.७च ६७५३ नम्बरको गाडी समेत लुकाउने छिपाउने कार्य गरेको अख्तियारले जनाएको छ ।
डंगोल र सिंहले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारसोही बराबरको बिगो र बिगो बमोजिम जरिवाना गरी सजाय मागदाबी गर्दै विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको हो ।