
नवलपरासी, ३ पुस- सशस्त्र प्रहरीका बल सीमा सुरक्षा कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार अगन्धर चापागाईं मृत फेला परेका छन् ।
नवलपरासीको माकर गाविस ४ बर्दघाट टिसियन चोक नजिक जंगलमा उनी मृत भेटिएका हुन् ।
एक साता अघि घर विदामा बसेका पर्वत चित्रे गाविस ४ का चापागाईं मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
शव पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल लगिएको छ ।