पत्रकार महासंघले भन्यो, सदस्यता वितरणमा गल्ती भएकै हो

काठमाण्डु टुडे २०७० पुष ३ गते १२:४५ मा प्रकाशित

fnj logoकाठमाडौं, ३ पुस- नेपाल पत्रकार महासंघले सदस्यता वितरणमा गल्ती भएको स्वीकार गरेको छ ।

महासंघले गल्ती स्वीकार गर्दै मंसिर २४ गते सबै जिल्ला र प्रतिष्ठान शाखामा सदस्यता स्वीकृतको जानकारी सहित पठाएको पत्र फिर्ता लिएको बुधबार जनाएको छ ।

‘महासंघको विधान, यसको स्वीकृत विधि र परम्पराभन्दा बाहिर गएर सदस्यता वितरणको कार्य हुँदैन’ महासचिव ओम शर्माले निकालेको विज्ञप्तिमा भनिएको छ ‘कहिँ कतै भएमा छानविन गरी सच्याइने छ ।’

महासंघले तत्काल संगठन समिति र केन्द्रीय समितिको बैठक बोलाएर सदस्यता विवाद समाधान गर्ने जनाएको छ ।

यसअघि नयाँ सदस्यता वितरणमा विरोध जनाउँदै नेपाल प्रेस युनियन र क्रान्तिकारी पत्रकार संघले विरोध जनाएको थियो ।

विवादका कारण प्रेस युनियन संवद्ध महासंघका पदाधिकारी र सदस्यले महासंघको एउटा बैठकमा नोट अफ डिस्सेन्ट नै लेखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us