धनकुटा, ४ पुस– धनकुटामा परालमा लागेको आगोमा जलेर एक जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका १ सुकेपोखरीमा थुपारेर राखिएको परालमा विहीबार विहान आगलागी हुँदा स्थानीय गौरीशंकर टोलका ५० वर्षीय दिलबहादुर खड्काको मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते भएका खड्काको जिल्ला अस्पताल...
काठमाण्डु, ४ पुस- एकीकृत माओवादीले भोजपुरा समिति सचिवालय सदस्य तथा समानुपातिक उम्मेदवार सियारामप्रसाद कुशवाहा (फिरोज)लाई प्रहरीले गिरफ्तार गरेकोमा विरोध जनाएको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ती निकालेर त्यसको विरोध गरेका हुन् । सापकोटाले काशीप्रसाद तिवारी हत्या आरोप लगाइएको भएपनि कुशवाहाको उक्त घटनामा कुनै...
विराटनगर, ४ पुस– मोरङको रंगेलीबाट प्रहरीले १० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक वेदप्रसाद गौतमको नेतृत्वमा खटिएको टोलीले रङ्गेली ८ मा दर्वेशा गाविस ६ का ३४ वर्षीय कर्ण ऋषिदेवलाई गाँजासहित पक्रेको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि सोधपूछ गरिरहेको जनाएको...
काठमाण्डु, ४ पुस–नेपाली काँग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्रनम्बर १ का विजयी उम्मेदवार प्रकाशमान सिंहले यही मंसिर चार गते सम्पन्न संविधानसभा चुनावमा भएको खर्च विवरण पेश गरेका छन् ।...
चितवन, ४ पुस– चितवन, नवलपरासी र तनहुँलाई जोड्ने गरी देवघाट–रामनगर धार्मिक पर्यटन मार्गको निर्माण प्रक्रिया सुरु भएको छ । पवित्र तीर्थस्थल देवघाटबाट सुरु भई ठिमुरा, रामनगर हुँदै राजमार्ग निस्किने र नवलपरासीको गैंडाकोटबाट मौलाकालिका हुँदै पुनः देवघाटमा जोड्ने धार्मिक पर्यटन मार्गको निर्माण प्रक्रिया सुरु गरिएको...
जाजरकोट, ४ पुस– जाजरकोटमा पाँच वर्षीया एक बालिका बलात्कृत भएकी छिन् । जगतिपुर १ कासतराका १५ वर्षीय सुरेन्द्रबहादुर नेपालीले स्थानीय पाँच वर्षीया बालिकालाई बलात्कार गरेका हुन् । घर नजिकै एक्लै खेलिरहेको बेला नेपालीले बालिकालाई नजिकैको बयरझाडीमा लगेर जबरजस्ती बलात्कार गरेको प्रहरीले जनाएको छ ।...
काठमाण्डु, ४ मंसिर–अन्तरिम चुनावी सरकारले सरुवा बढुवाको निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले सहन्यायाधीवक्ता महेश कुमार थापालाई न्यायाधीवक्तामा बढुवा गरेको छ । यसैगरी नेपाली सेनाको रिक्त रथी पदमा प्रदीप विक्रम राणालाई बढुवा गरी बलाध्यक्ष रथीमा पदस्थापन गरेको छ । यस्तै रथी पवन...
काठमाण्डु, ४ पुस– नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीले विहीबार पनि राजनीतिक भेटवार्ता जारी राखेको छ । टोलीले विहीबार नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै भेटवार्ता गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय मामिला उपमन्त्री आई पीङ नेतृत्वको टोलीले दुबै भेटमा...
काठमाण्डु, ४ पुस– पाँचथर र नुवाकोटमा भएका छुट्टा छुट्टै सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पाँचथरको नागीमा ट्याक्टरको ठक्करबाट विहीबार विहान एकजनाको मृत्यु भएको छ । आफ्नै घरमा रोकिराखेको ट्याक्टर चलाउने क्रममा ओट झिक्न खोज्दा गुडेर ठोक्किदा ट्याक्टर चालक नागी गाविस...
काठमाण्डु, ४ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तकको अभाव नगराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिए पनि पाठ्यपुस्तक छपाइ गर्ने निकाय जनक शिक्षा सामग्री लिमिटेड भने कागज खरिदका लागि ऋणको खोजीमा छ । आयोगले शिक्षा मन्त्रालय र सम्बद्ध निकायलाई गत मंसिर ३० गते ध्यानाकर्षण गराउँदै...
फिदिम, ४ पुस– पाँचथर सदरमुकाम फिदिममा स्थानीय युवाको आक्रमणबाट एक प्रहरी जवान घाइते भएका छन् । आक्रमणबाट प्रहरी जवान पिङ्कु जयसवाल घाइते भएका हुन् । टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । आक्रमणकारीमध्ये दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय...
काठमाण्डु, ४ पुस–सरकारले स्थानीय निकाय निर्वाचनका लागि आवश्यक ऐन तथा नियम संशोधनको खाका तयार पारेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचका लागि आवश्यक पर्ने ऐननियम संशोधनको खाका तयार गरी यसपछिका अरू प्रक्रिया अगाडि बढाएको छ । ‘छिटोभन्दा छिटो निर्वाचन होस् भनेर...