काठमाण्डु, ५ पुस – एकीकृत माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले आफ्नो पार्टी सरकारमा नजाने प्रष्ट पारेका छन् । रिपोटर्स क्लवले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै सापकोटाले आफूहरु संविधानसभामा जाने तर, सरकारमा नजाने बताएका हुन् । ‘हामी सरकारमा जाँदैनौ, सापकोटाले भने–‘राम्रो काम गरे सरकार बाहिर रहेर...
काठमाण्डु, ७ पुस – एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय र ब्यूरो इञ्चार्जहरुको संयुक्त बैठक बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा जारी बैठकमा समसामयिक राजनीति र भावी रणनीतिको विषयमा छलफल भइरहेको बुझिएको छ । एमाले नेताहरुसँगको छलफल पछि बैठक बसेको हो ।...
सिन्धुपाल्चोक, ५ पुस – सिन्धुपाल्चोकमा भालुको पित्तसहित एकजना पक्राउ परेका छन् । इलाका कार्यालय बाह्रविसेले शुक्रबार विहान तिब्बतको खासा निकासी गर्न लागिएको भालुको १० थान पित्तसहित एक जनालाई पक्रेको हो । भालुको पित्तसहित जलबिरे २ का बाबुकाजी थापालाई पक्रेको प्रहरीले जनाएको छ । जुत्तामा...
कञ्चनपुर, ५ पुस– भारतको हल्द्धानीमा एक नेपाली महिला लुटिएकी छन् । भारतबाट नेपाल फर्कनेक्रममा उनी लुटिएकी हुन् । भारतको उत्तराञ्चल प्रदेशबाट नेपाल फर्कन लागेकी मुगु पिना गाविस २ टोप्लाकी ३७ वर्षीया जानकीदेवी दमाई बुधबार साँझ लुटिएकी हुन् । अज्ञात समूहले जानकीबाट ६० हजार भारुसहित...
काठमाण्डु, ५ पुस – नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा नेपाल विद्यार्थी संघको महाधिवेशन गर्नुपर्ने माग गर्दै अशन्तुष्ट पक्षले ज्ञापन पत्र बुझाएको छ । संघका पूर्व उपाध्यक्ष नैनसिंह महरलगायतका विद्यार्थीले ज्ञापनपत्र बुझाएका हुन् । ६ महिनाभित्र महाधिवेशन गर्न भनी निर्वाचित समिति विघटन गर्दै...
काठमाण्डु, ५ पुस । संविधानसभाको चुनाव भएको एक महिना बितिसक्दा पनि समानुपातिक सभासद चयन र सरकार निर्माणका विषयमा कुरा मिल्न नसकिरहेका बेला कुटनीतिक निकायले सक्रियता बढाएको छ । उच्च स्तरीय चिनियाँ टोलीले भेटेको भोलिपल्टै भारतीय राजदुत रञ्जित रे र अष्ट्रेलियन राजदुत ग्लेन ह्वाईटले भावी प्रधानमन्त्रीका...
मुस्ताङ, ५ पुस – जाडो बढेसँगै हिमालपारीको जिल्ला मुस्ताङमा रहेका सबै विद्यालय दुई महिनाका लागि बन्द भएका छन् । मंसिर र पुस महिनामा उपल्लो भेगमा निरन्तर हिउँ पर्ने र अत्यधिक चिसो हुने भएकाले मुस्ताङका विद्यालय हरेक वर्ष यसरी नै बन्द हुने गर्दछन् । जिल्लाको...
काठमाण्डु, ५ पुस–पछिल्लो समय नेपालमा सडक सुरक्षाको क्षेत्रमा काम गर्दै आएको नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन (नासा) को आयोजनामा शुक्रबारदेखि काठमाण्डुमा पहिलो सडक सुरक्षा सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा सडक सुरक्षा क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाका गरी करिब ३०० जना सहभागी...
सल्यान, ५ पुस–जिल्ला अस्पताल सल्यानमा सञ्चालित टेलिमेडिसिन सेवा तीन महिना नबित्दै ठप्प भएको छ । बढ्दै गएको विद्युत्भार कटौती र इन्टरनेटको गति कम भएपछि टेलिमेडिसिन सेवा प्रभावित भएको हो । सेवा प्रभावित भएपछि बिरामीले आफूले रोजेका डाक्टरसँग प्रत्यक्ष कुराकानी गरेर सल्लाह तथा सुझाव लिन...
चितवन, ५ पुस–चितवनको नारायणगढमा ट्रककोे ठक्करबाट शुक्रबार विहान एक महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको ना ३ ख २१८७ नम्वरको ट्रकले नारायणगढ पुल्चोकमा विहान पौने ९ बजेतिर ठक्कर दिँदा सोही दिशा तर्फ साईकलमा आउँदै गरेकी नवलपरासी गैंडाकोट ४ की खगीमाया गुरुङको...
काठमाण्डु, ५ पुस– एनेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले अन्तर पार्टीे लोकतन्त्र बलियो बनाउन एउटै व्यक्ती पार्टी नेतृत्वमा दुई कार्यकाल भन्दा बढि बस्न नहुने बताएका छन् । सामाजिक सन्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले पार्टीमा मनोनयन गर्ने प्रथा हटाएर निर्वाचित हुनुपर्ने व्यवस्था...
मुगु, ५ पुस–मुगु जिल्लामा परम्परादेखि कुरीतिका रुपमा कायम रहेको छाउपडी प्रथा उन्मूलन गर्न जिल्लास्तरीय रणनीतिक कार्य योजना निर्माण गरिएको छ । जिल्लाका २४ वटै गाविसमा सरकारी तथा गैरसरकारी निकायको साझा समन्वयमा जनचेतनामूलक कार्यक्रमहरुलाई जोड दिनुपर्ने, परम्परागत चालचलनलाई रुपान्तरण गर्ने, धामी–झाँक्री केन्द्रित कार्यक्रम लक्षित गर्नेजस्ता...