भालुको पित्तसहित १ पक्राउ

काठमाण्डु टुडे २०७० पुष ५ गते ९:२८ मा प्रकाशित

Pittaसिन्धुपाल्चोक, ५ पुस – सिन्धुपाल्चोकमा भालुको पित्तसहित एकजना पक्राउ परेका छन् ।

इलाका कार्यालय बाह्रविसेले शुक्रबार विहान तिब्बतको खासा निकासी गर्न लागिएको भालुको १० थान पित्तसहित एक जनालाई पक्रेको हो ।

भालुको पित्तसहित जलबिरे २ का बाबुकाजी थापालाई पक्रेको प्रहरीले जनाएको छ ।

जुत्तामा लुकाइएको अवस्थामा उक्त पित्त फेला परेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us