महाधिवेशनको माग गर्दै ज्ञापनपत्र

काठमाण्डु टुडे २०७० पुष ५ गते ८:३३ मा प्रकाशित

nebisanghaकाठमाण्डु, ५ पुस – नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा नेपाल विद्यार्थी संघको महाधिवेशन गर्नुपर्ने माग गर्दै अशन्तुष्ट पक्षले ज्ञापन पत्र बुझाएको छ । संघका पूर्व उपाध्यक्ष नैनसिंह महरलगायतका विद्यार्थीले ज्ञापनपत्र बुझाएका हुन् । ६ महिनाभित्र महाधिवेशन गर्न भनी निर्वाचित समिति विघटन गर्दै नयाँ तदर्थ समिति गठन भएको दुई वर्ष बितिसक्दा पनि पार्टीले महाधिवेशनका लागि मिति घोषणा नगरेको भन्दै ज्ञापनपत्रमा अशन्तुष्टि व्यक्त गरिएको छ । महाधिवेशनजस्तो प्रजातान्त्रिक अभ्यास गर्नबाट पार्टी किन विचलित हुँदै गएको छ भन्दै ज्ञापनपत्रमा महाधिवेशनको नयाँ मिति र त्यसको सुनिश्चितताको कार्यसूची एक साताभित्र घोषणा नभए पार्टी कार्यालयमा तालाबन्दी, रिले अनशन लगायतका आन्दोलन गरिने उल्लेख छ । नेविसंघको महाधिवेशन नभएको आठ वर्ष बितिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us