
चितवन, ५ पुस–चितवनको नारायणगढमा ट्रककोे ठक्करबाट शुक्रबार विहान एक महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको ना ३ ख २१८७ नम्वरको ट्रकले नारायणगढ पुल्चोकमा विहान पौने ९ बजेतिर ठक्कर दिँदा सोही दिशा तर्फ साईकलमा आउँदै गरेकी नवलपरासी गैंडाकोट ४ की खगीमाया गुरुङको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।