समाचार

जाडोले गोरखामा पनि विद्यालय बन्द

२०७० पुष ६ गते १४:०३

गोरखा, ६ पुस– गोरखाको उत्तरी क्षेत्रका सिर्दीवास, सामागाउँ, विही, प्रोक, ल्हो, छेकम्पार, चुम्चेत गाविसमा रहेका २३ प्रावि, एक निमावि र एक मावि गरी कुल २५ विद्यालय बन्द भएको छ । हिमपात हुन थालेपछि बढेको जाडोका कारण दुई महिनाका लागि विद्यालय बन्द गरिएको सिर्दीवासस्थित बुद्ध...

अन्तर्घातको आरोप लागेका उम्मेदवारलाई कांग्रेसले ४८ घण्टे स्पष्टिकरण सोध्ने

२०७० पुष ६ गते १३:५१

काठमाण्डु, ६ पुस– कांग्रेसको अनुसासन समितिले चुनावमा अन्तर्घातको आरोप समानुपातिकतर्फका उम्मेदवारलाई ४८ घण्टाको समय दिएर स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको समितिको बैठकले यस्तो निर्णय दिएको हो । करिब ३० जना विरुद्ध परेको उजुरीमाथि प्रारम्भिक अध्ययन गर्दै समितिले यस्तो निर्णय गरेको...

ट्रिपरको ठक्करबाट दुई जनाका मृत्यु

२०७० पुष ६ गते १२:४०

काठमाण्डु, ६ पुस– दाङमा ट्रिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । दाङको नारायणपुरमा रोकिराखेको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा नारायणपुर ३ का ३८ वर्षका हिमबहादुर भण्डारी र रोल्पाको डुब्रि गाविसका ४० वर्षका शेरबहादुर भण्डारीको मृत्यु भएको हो । रा १ क १३८ नम्बरको ट्रिपरको...

‘एक वर्षमा संविधान नबने जनमतसङ्ग्रह’

२०७० पुष ६ गते १२:१४

काठमाण्डु, ६ पुस – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले एक वर्षभित्र नयाँ संविधान जारी हुन नसके समस्यालाई अल्झ्याएर नराखी विवादित विषयमा जनमतसङ्ग्रह गरिनुपर्ने बताएका छन् । वज्रयोगिनी गाविसमा शनिबार भवन शिलान्यास कार्यक्रममा नेता नेपालले ६ महिनाभित्र मस्यौदा र एक वर्षभित्र संविधान जारी...

‘२०४७ को भन्दा फरक संविधान बन्दैन’

२०७० पुष ६ गते १०:२८

काठमाण्डु, ६ पुस– नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले अहिलेको संविधान सभाले २०४७ सालको भन्दा फरक संविधान नबनाउने बताएका छन् । संविधानसभा यथास्थितिवादीको कब्जामा रहेको भन्दै गजुरेलले २०४७ सालको भन्दा फरकखालको संविधान बन्न नसक्ने बताए । काठमाण्डुमा भएको कार्यक्रममा गजुरेलले संविधानसभाबाट कुनै राजनीतिक निकास पनि ननिस्कने...

सबै सहमति प्रति प्रतिबद्ध छौं : सापकोटा

२०७० पुष ६ गते ९:५७

काठमाण्डु, ६ पुस– एकीकृत नेकपा माओवादीले पार्टीका तर्फबाट अहिलेसम्म भएका सबै सहमति प्रति प्रतिबद्ध रहेको जनाएको छ । माओवादीले १२ बुँदे सहमतिदेखि यता भएका सबै सहमति प्रति पूर्ण जिम्मेवार रहेको स्पष्ट पारेको हो । पार्टी कार्यालय पेरिडाँडामा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्त अग्नी सापकोटाले...

सबैलाई मिलाएर अघि बढ्न नेतृत्वलाई सुझाव

२०७० पुष ६ गते ९:५२

काठमाण्डु, ६ पुस– नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले सबैलाई मिलाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् । शनिबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा धारणा राख्ने अधिकांश नेताले ठूलो पार्टीको हैसियतले सबैलाई मिलाएर अघि बढ्न नेतृत्वलाई आग्रह गरेका हुन् । बैठकमा १३ जना नेताले आफ्नो धारणा...

तातोपानीमा नुहाउनेको भीड

२०७० पुष ६ गते ९:२६

रसुवा, ५ पुस– रसुवाको चिलीमे ५ मा रहेको तातोपानीमा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड बढेकोे छ । कात्तिकदेखि चैतसम्म नुहाउनको लागी रसुवाका साथै विभिन्न जिल्लाबाट आउने पर्यटकको संख्या बढेको हो । स्वदेशी पर्यटक मात्र नभइ विदेश पर्यटक समेत तातोपानीमा नुहाएर फर्कने गरेको...

‘सबैलाई मिलाउएर लैजाने प्रयास हुँदैछ’

२०७० पुष ६ गते ७:३४

काठमाण्डु, ६ पुस – नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानसभामा सबै राजनीतिक दलको प्रतिनिधित्व गराउने प्रयासका कारण सरकार गठन प्रक्रियामा विलम्ब भएको बताएका छन् । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले नेपाली काँग्रेसका तर्फबाट संविधानसभा निर्वाचनमा विजयी उपत्यकाका र काभ्रे जिल्लाका सभासद्को बधाई तथा...

मुस्ताङमा चिसोको मार

२०७० पुष ६ गते ६:२७

मुस्ताङ, ६ पुस – हिमपातका कारण जाडो बढेसँगै हिमालपारीको जिल्ला मुस्ताङमा रहेका सरकारी सहित सबै कार्यालय र विद्यालय बन्द भएका छन् । सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीहरु विदा मिलाएर घर फर्कन थालेका छन् भने उच्च हिमाली क्षेत्रका बासिन्दाहरु बेसी झर्न थालेका छन् ।...

उपराष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन

२०७० पुष ६ गते ६:००

काभ्रे, ६ पुस – काभ्रेको पलाञ्चोक भगवतीको मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने कार्यमा पहल गरिदिन उपराष्ट्रपति परमानन्द झासमक्ष मन्दिर विकास समितिका पदाधिकारीले आग्रह गरेका छन् । उपराष्ट्रपति परमानन्द झाले साठीघरगाविसस्थित पलाञ्चोक भगवती मन्दिरमा शनिबार बिहान पूजाअर्चना गरेलगत्तै भएको भेटमा मन्दिर विकास समितिका पदाधिकारीले त्यस्तो...

जिप दुर्घटनामा चार विदेशी नागरिक घाइते

२०७० पुष ६ गते ५:३८

सोलुखुम्बु, ६ पुस – ओखलढुङ्गाको ठाडे नजिकै जिप दुर्घटना हुँदा चारजना विदेशी नागरिक घाइते भएका छन् । सदरमुकाम सल्लेरीबाट शनिबार बिहान ४ बजेतिर छुटेको बा १० च २७९१ नम्बरको जिप ठाडेमा दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाण्डु लैजाने तयारी भइरहेको जिल्ला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us