जिप दुर्घटनामा चार विदेशी नागरिक घाइते

काठमाण्डु टुडे २०७० पुष ६ गते ५:३८ मा प्रकाशित

सोलुखुम्बु, ६ पुस – ओखलढुङ्गाको ठाडे नजिकै जिप दुर्घटना हुँदा चारजना विदेशी नागरिक घाइते भएका छन् ।

सदरमुकाम सल्लेरीबाट शनिबार बिहान ४ बजेतिर छुटेको बा १० च २७९१ नम्बरको जिप ठाडेमा दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाण्डु लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिप चालक सन्तोष विक तथा परिचय खुल्न नसकेका सहचालक सम्पर्कबिहीन रहेका सोलुखुम्बुका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us