उपराष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन

काठमाण्डु टुडे २०७० पुष ६ गते ६:०० मा प्रकाशित

Palanchowk bhagawatiकाभ्रे, ६ पुस – काभ्रेको पलाञ्चोक भगवतीको मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने कार्यमा पहल गरिदिन उपराष्ट्रपति परमानन्द झासमक्ष मन्दिर विकास समितिका पदाधिकारीले आग्रह गरेका छन् ।

उपराष्ट्रपति परमानन्द झाले साठीघरगाविसस्थित पलाञ्चोक भगवती मन्दिरमा शनिबार बिहान पूजाअर्चना गरेलगत्तै भएको भेटमा मन्दिर विकास समितिका पदाधिकारीले त्यस्तो आग्रह गरेका हुन् ।

काठमाण्डु उपत्यकाका लागि ल्याइन लागेको खानेपानी परियोजनाको स्थलगत वस्तुस्थिति बुझ्न सिन्धुपाल्चोकको मेलम्ची जानेक्रममा उपराष्ट्रपति झाले सो मन्दिरमा भगवतीको दर्शनका साथै पूजाअर्चना गरेका हुन्  ।

सो क्रममा उपराष्ट्रपति झाले मन्दिर र त्यहाँ वरिपरिको वस्तुस्थितिको बारेमा समेत जानकारी लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us