ट्रिपरको ठक्करबाट दुई जनाका मृत्यु

काठमाण्डु टुडे २०७० पुष ६ गते १२:४० मा प्रकाशित

काठमाण्डु, ६ पुस– दाङमा ट्रिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

दाङको नारायणपुरमा रोकिराखेको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा नारायणपुर ३ का ३८ वर्षका हिमबहादुर भण्डारी र रोल्पाको डुब्रि गाविसका ४० वर्षका शेरबहादुर भण्डारीको मृत्यु भएको हो ।

रा १ क १३८ नम्बरको ट्रिपरको ठक्करबाट बाटोमा रोकिराखेको रा १ प ५३९५ मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ठक्कर दिने ट्रिपर र चालकलाई स्थानीयबासीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us