
काठमाण्डु, ६ पुस– एकीकृत नेकपा माओवादीले पार्टीका तर्फबाट अहिलेसम्म भएका सबै सहमति प्रति प्रतिबद्ध रहेको जनाएको छ ।
माओवादीले १२ बुँदे सहमतिदेखि यता भएका सबै सहमति प्रति पूर्ण जिम्मेवार रहेको स्पष्ट पारेको हो ।
पार्टी कार्यालय पेरिडाँडामा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्त अग्नी सापकोटाले पार्टीका तर्फबाट समानुपातिक तर्फ विजयी हुने सभासदको औपचारिक सूचि बनाउन लागेको जानकारी दिए ।
उनले अहिलेको संविधानसभाले देशलाई यथास्थितीको गोलचक्करमै राखिराख्ने आशंका आफ्नो पार्टीलाई लागेको बताए ।
सापकोटाले निर्वाचनमा भएको धाँधलीको छानविन आयोग गठन गर्नुपर्ने पार्टीको माग कायमै रहेको भन्दै छानविन आयोग बनेपछि संविधान सभामा जाने बताए । उनले सरकारमा जाने विषयमा पार्टीभित्र अहिलेसम्म कुनै छलफल नभएको बताए ।