चितवन, ७ पुस– चितवनमा यही पुस ११ गतेदेखि १० औं अन्तर्राष्ट्रिय हात्ती मेला हुने भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा हात्ती दौड प्रतियोगिता, हात्तीका छावाको फुटबल, हात्तीको शृङ्गार, टाँगा दौड, गाडा दौड, डुङ्गा दौड प्रतियोगिता आयोजना गरिने छ । साथै थारुलगायतका सांस्कृतिक कार्यक्रम,...
पोखरा, ७ पुस– प्रहरीले कास्कीबाट लागुऔषधका दुई कारोबारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा पोखरा नयाँबजार बस्ने सञ्जिता गुरुङ र सिद्धार्थ नगर वडा नं १३ का लाला चौहान छन् । उनीहरुबाट प्रहरीले नर्फिन इन्जेक्सन १९२ थान, डाइजेपाम इन्जेक्सन १९२ थान, फेनारगन इन्जेक्सन १९२ थान,...
वीरगन्ज, ७ पुस– ललाइफकाई खाडी मुलुकमा बेच्न लैजाँदै गरेका युवतीहरुको वीरगञ्जबाट उद्दार गरिएको छ । चेलीबेटी बेचबिखनमा संलग्न दुई जना भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको छ । माइती नेपालको सहयोगमा वीरगन्जको इनर्वाबाट पर्साको ठारीका दुई युवतीको उद्दार गरिएको प्रहरीले जनाएको छ । युवतीलाई बिक्रीका...
काठमाण्डु, पुस ७– मकवानपुरको हेटौंडामा मुख्य कार्यालय रहेको अल्पाइन विकास बैंकको १० लाख रुपैयाँ लुटिएको छ । बैंकको मुख्य कार्यालयबाट छतिवन शाखामा लैजानेक्रममा १० लाख रुपैयाँ लुटिएको हो । जंगलमा दुई जनाले पेस्तोल देखाएर रकम लुटेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको...
काठमाण्डु, ७ पुस–नेकपा एमालेका सचिव शंकर पोखरेलले एकीकृत नेकपा माओवादीले समानुपातिकको सूचि नबुझाए पनि ब्यवस्थापिका संसद सञ्चालन हुने बताएका छन् । उनले एमाओवादीले नामावली नबुझाए पनि सूचि क्रियाशिल रही ब्यवस्थापिका संसद सुझारु हुने र नाम बुझाएपछि संविधानसभामा चल्ने स्पष्ट पारे । उनले भने–‘कुनै दलले...
इलाम, ७ पुस – संविधानसभाका सदस्य तथा इलाम क्षेत्र नं २ बाट निर्वाचित सभासद सुवासचन्द्र नेम्बाङले संविधानसभा गठनमा धेरै जटिलता उत्पन्न भएको बताएका छन् । इलाममा आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै नेम्बाङले अघिल्लो संविधानसभाले गरेका महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए...
काठमाण्डु, ७ पुस – घरेलु हिंसाबाट प्रभावित महिलाका लागि सञ्चालित केन्द्र र उपकेन्द्रले सेवा प्रदान गर्न थालेपछि घरेलु हिंसाका मुद्दामा वृद्धि भएको छ । घरेलु हिंसामा परेका महिला खुलेर आफ्नो अधिकारका लागि मुद्दा दर्ता गर्न आउन थालेका छन् । घरेलु हिंसाबाट प्रभावित महिलालाई लक्षित...
काठमाण्डु, ७ पुस–पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भारत प्रस्थान गरेका छन् । उनी सपरिवार राजस्थानको अजमेर गएका हुन् । भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै शाहले जनचाहना अनुसार राजनीतिक दलहरु अघि बढे मुलुकले निकास पाउने धारणा राखे । नेपालमा संविधानसभा निर्वाचन परिणाम...
काठमाण्डु, ७ पुस– काठमाण्डुको शङ्खमूलमा आइतबार विहान आगलागी हुँदा करिब २० लाख रुपैयाँको क्षति भएको छ । आगलागीबाट भाडामा रहेको कपास पसल, फर्निचर पसल, टिभी, डेक, मोबाइल र ६५ हजार नगदसमेत गरी करिब २० लाखको क्षति भएको घरधनी लालबहादुर भुजेलले बताए । आगलागीको कारण...
काठमाण्डु, ७ पुस–जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई आइतबार पनि पोलियो थोपा खुवाइदैछ । शनिबार खान छुटेका बालबालिकालाई आइतबार दोस्रो दिन पनि पोलियो थोपा खुवाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बालस्वास्थ्य महाशाखाले राष्ट्रिय पोलियो खोप अभियान अन्तरगत शनिबारदेखि पहाड र तराईका ६८ जिल्लामा पहिलो...
घोराही, ७ पुस–दाङको नारायणपुरमा ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । घोराहीबाट तुलसीपुरका लागि छुटेको रा १ क १३८ नम्बरको ट्रिपरले रा १ प ५३९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख...
सिरहा, ६ पुस– सिरहाको माडरमा बिजुली सर्ट भई आगलागी हुँदा तीन परिवारका सात वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेश तामाङका अनुसार...