लागुऔषधका दुई कारोबारी पक्राउ

काठमाण्डु टुडे २०७० पुष ७ गते १०:१३ मा प्रकाशित

Drug पोखरा, ७ पुस– प्रहरीले कास्कीबाट लागुऔषधका दुई कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा  पोखरा नयाँबजार बस्ने सञ्जिता गुरुङ र सिद्धार्थ नगर वडा नं १३ का लाला चौहान छन् ।

उनीहरुबाट प्रहरीले नर्फिन इन्जेक्सन १९२ थान, डाइजेपाम इन्जेक्सन १९२ थान, फेनारगन इन्जेक्सन १९२ थान, मोबाइन चार थान र नगद चार हजार ८७० पनि बरामद गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us