
काठमाण्डु, ७ पुस–पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भारत प्रस्थान गरेका छन् । उनी सपरिवार राजस्थानको अजमेर गएका हुन् ।
भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै शाहले जनचाहना अनुसार राजनीतिक दलहरु अघि बढे मुलुकले निकास पाउने धारणा राखे ।
नेपालमा संविधानसभा निर्वाचन परिणाम आएलगत्तै पूर्वराजाले शुरु गरेको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारत बसाइका क्रममा शाहले राजनीतिक भेटघाट गर्ने स्रोतले जनाएको छ । तर उनले त्यहाँ कसकसलाई भेट्ने छन् भन्ने बिषय गोप्य राखिएको छ ।
उनको नीजि सचिवालयले भने भ्रमण धार्मिक र व्यक्तिगत भएकोले राजनीतिक भेटवार्ता नहुने दाबी गरेको छ ।
शाहले भारतमा तीन साता बिताउने बताइएको छ ।
हिन्दू राज्यसहित संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको कमल थापा नेतृत्वको राप्रपा नेपाल संविधानसभा निर्वाचनबाट चौथो शक्तिका रुपमा स्थापित भएपछि ज्ञानेन्द्र हौसिएको बताइन्छ ।