
काठमाण्डु, पुस ७– मकवानपुरको हेटौंडामा मुख्य कार्यालय रहेको अल्पाइन विकास बैंकको १० लाख रुपैयाँ लुटिएको छ । बैंकको मुख्य कार्यालयबाट छतिवन शाखामा लैजानेक्रममा १० लाख रुपैयाँ लुटिएको हो । जंगलमा दुई जनाले पेस्तोल देखाएर रकम लुटेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।
एक हप्ताअघि नबिल बैंकको कञ्चनपुरको महेन्द्रनगर शाखाबाट धनगढी ल्याउँदै गर्दा २ करोड ३० लाख रुपैयाँ लुटिएको थियो ।