पोलियो थोपा खुवाउने क्रम जारी

काठमाण्डु टुडे २०७० पुष ७ गते ४:१६ मा प्रकाशित

Polioकाठमाण्डु, ७ पुस–जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई आइतबार पनि पोलियो थोपा खुवाइदैछ । शनिबार खान छुटेका बालबालिकालाई आइतबार दोस्रो दिन पनि पोलियो थोपा खुवाउन लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बालस्वास्थ्य महाशाखाले राष्ट्रिय पोलियो खोप अभियान अन्तरगत शनिबारदेखि पहाड र तराईका ६८ जिल्लामा पहिलो चरणको पोलियो खोप कार्यक्रम शुरु गरेको थियो ।

हिमाली क्षेत्रका सात जिल्लाबाहेक दोस्रो चरणको कार्यक्रम माघ ११ र १२ गते हुने छ । हिमाली जिल्लामा पहिलो चरणमा आगामी चैत ८ र ९ तथा दोस्रो चरणमा २०७१ वैशाख १३ र १४ गते सञ्चालन हुने महाशाखाका प्रमुख डा. सेनेन्द्र उप्रेतीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us